0 COMMENTS

घोराही, २६ असोज०७५/ घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई आज जरिवाना गरेको छ ।उपमहानगरपालिका–१५ बिपी चोक नजीकैबाट बिहान बिरामी खसी बेच्ने शङ्कर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही रु एक एक हजार जरिवाना गरिएको हो । उपमहानगरको बजार व्यवस्थापन कार्यविधि २०७४ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ । खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ ।

उपमहानरगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य सङ्घ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।