0 COMMENTS

काठमाण्डाै२६असाेज०७५/ मिलान (एजेन्सी)। पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् ।

३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् ।मायोर्गाले सो समयमा रोनाल्डोले माफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् ।रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन् ।

यसअघि रोनाल्डोले जर्मनीको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झूटो भएको बताएका थिए ।वकिल पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताए । आजको नागरिक दैनिकले ‘खेल’ पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।