0 COMMENTS

काठमाडौं २५असाेज०७५/ उपचुनावमार्फत वामदेव गौतमलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारी थालेपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए।

प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराए। उनीहरूले अकस्मात् काठमाडौं ७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टीका कार्यकर्ता अन्योलमा परेको बताए।तीनै जनाले जनमत र गौतमबारे भइरहेका टिकाटिप्पणी अध्यक्षद्वयलाई सुनाएकाे समाचार अाजकाे कान्तिपुरमा छ।

‘सुरुमा यो विषयमा छलफल नभएकाले सबै अचम्म पर्ने स्थिति आयो, अन्तक्र्रिया र सामाजिक सञ्जालमा पनि पतिक्रिया प्रकट भएका छन्, शीर्ष नेतालाई हाम्रो क्षेत्रमा ल्याउने र जिताउने गर्वको कुरा हो’, प्रदेश सांसद मानन्धरले भने, ‘तर एक वर्ष पनि नबित्दै उपचुनाव गर्दा नकारात्मक सन्देश जाने हो कि भन्ने ख्याल गर्न सुझाव दिएका छौँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।