0 COMMENTS

फिक्कल, २५ असोज ०७५/ इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ ।इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो ।

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् ।

निर्माण भएको सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

सात दशमवल ८ मेघावाट उत्पादन क्षमता रहेको यस हाइड्रोले परीक्षण उत्पादन शुरु गरेको आयोजनाका प्रबन्धक निर्देशक माधवप्रसाद मैनालीले जानकारी दिनुभयो । विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको हो । ड्राइ टेष्ट शुरु गरेको उक्त आयोजनाले अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने बताइएको छ ।

सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकको संयुक्त लगानी रू एक अर्ब ५० लाख जुटाइएकामा काम छिटै सम्पन्न भएकाले करीब रू सात लाख रकम बचत हुनसक्ने उक्त आयोजनाका अध्यक्ष मोहन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।