0 COMMENTS

स्याङजा, २४ असोज ०७५/ नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ ।स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो ।”

महामन्त्री डा कोइरालाले पार्टी सभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताउनुभयो ।

काङ्ग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उहाँले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाउनुभयो ।

महामन्त्री डा कोइरालाले काङ्ग्रेस सात सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टी सङ्गठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।