0 COMMENTS

काठमाण्डाै२४असाेज०७५/ फेसबुकले स्क्रिन र विशेष क्यामरासहितको आफ्नै नयाँ स्पिकर सार्वजनिक गर्ने भएको छ । विशेषगरी भिडियोकल सहज बनाउने लक्ष्यसाथ फेसबुकले यो नयाँ ग्याजेट ल्याउने भएको हो जसमा टचस्क्रिन डिस्प्लेका साथै अन्य थुप्रै फिचर रहेका छन् । यसले प्रयोगकर्ताको अनुहार अटोमेटिक जुम गर्दै उनीहरु जता गयो क्यामरा पनि त्यसैतर्फ देखाउने हुँदा हामीले घरमा काम गर्दै वा हिँडडुल गर्दा समेत सहज र स्पष्टसँग भिडियो च्याट गर्न मिल्ने बताइएको हो । यसकारण फेसबुक पोर्टलले टाढा रहेका व्यक्तिहरु आफूसँगै रहेको अनुभूति गराइ सामान्य भिडियोकल भन्दा छुट्टै अनुभव दिलाउने फेसबुकको दाबी छ ।

तर अर्कोतर्फ मानिसहरुले यसलाई अनौठो र असहज हुने प्रतिक्रिया पनि दिइरहेका छन् । पछिल्लो समय गोपनियता सम्बन्धि कानूनी कारबाहीमा परेकाले पनि मानिसहरुले यस्तो उपकरणलाई स्वीकार गर्नेमा शंका व्यक्त गरिएको छ । करोडौँ मानिसका गोप्य जानकारी लिक गराएको खुलासा भएपछि फेसबुकबाट धेरैको भरोसा उठेको थियो । तर यसलगत्तै फेसबुकले यस्तो कदम लिनुलाई विश्लेषकहरुले भने धेरै ठूलो बहादुरी बताइरहेका छन् ।

वास्तवमा फेसबुक पनि आफ्नो यसअघिको कमजोरबारे जानकार रहेकाले उनीहरुले यस डिभाइसमा भने गोपनियतालाई पहिलो प्राथमिकतामा राखेको फेसबुक हार्डवेयरका उपाध्यक्ष राफा केमार्गोले संचार माध्यम सिएनएनसँग बताएका हुन् । यसमा हामीले भिडियो च्याट नगर्दा स्पिकरको क्यामरा आफैँ ढाकिने र म्युट बटन थिचेपछि पावर कट हुने प्रणाली रहेको उनको भनाइ छ । त्यसैगरी ‘एनक्रिप्टेड’ अर्थात गोप्य भिडियोहरु पनि कतै रेकर्ड नहुनेमा विश्वस्त रहन सकिने दाबी गरिएको हो ।

यस्तोमा गुगल र अमेजोनका उपकरणहरु जस्तै फेसबुकको पोर्टल पनि सहज र उपयोगी हुने विश्वास गरिएको छ । यसमा स्मार्ट फिचर भएकाले हामीले आवाजमार्फत यो व्यक्तिलाई फोन लगाउ भनि निर्देशन दिँदा आफैँ फोन जानेछ । तर पोर्टल फेसबुक मेसेन्जरसँग भने लग इन गरिएको हुनु पर्नेछ । यसबाट कसैसँग पनि फोन वा ट्याब्लेटमा कनेक्ट गर्न सकिने र ६ जनासम्म ग्रुप च्याट गर्न मिल्ने बताइएको छ । फेसबुकको पूरै पहुँच नभएपनि भिडियो च्याट नगरेका बेला यसले निश्चित तस्बिर र साथीहरुको जन्मदिन याद दिलाउनेछ । तर यसमा कुनै ब्राउजर भने नहुने बताइएको छ । यसको स्क्रिन रिजोल्युसन धेरै भएकाले कल गर्दा ठूलो स्पष्ट र वास्तविक देखिने फेसबुकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।