0 COMMENTS

काठमाडौँ, २३ असोज०७५/ नेपाली भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाएवापत प्रा मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

घटराज भट्टराई स्मारक कोषका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशि रु पचास हजार रहनेछ । भट्टराईको ७७ औंँ जयन्तीका अवसरमा आगामी मङ्सिर १० गते सो पुरस्कार समर्पण गरिने कोषका सदस्य सचिव साधना दाहालले जानकारी दिनुभयो । हालसम्म शिव रेग्मी, कविता पौडेल, प्रा डा केशवप्रसाद उपाध्याय, प्रा डा गार्गी शर्मा र तेजेश्वरबाबु ग्वङ्गलाई सो पुरस्कार’ समर्पण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।