0 COMMENTS

काठमाडौं२३, असोज०७५/ आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ आजबाट बिक्री खुला भएको छ । यो जलविद्युत् कम्पनीले आजदेखि बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । यो जलविद्युतले १३ लाख ७६ कित्ता शेयरको आईपीओ निष्कासन गरेको छ ।

यो जलविद्युत् कम्पनीले न्युनतम ५० देखि ६ हजार कित्तासम्म आवेदन दिन आग्रह गरेको छ । प्रति साधारण शेयरको एक सय रुपैयाँ दरका १२ लाख कित्ता र यस अघि अघि २०७५ गत असोज ४ मा स्थानीय वासिन्दालाई बाँडफाँड गरेर बिक्री बाँकी रहेको १ लाख ७६ हजार २० कित्तासमेत गरेर यो जलविद्युत् कम्पनीले १३ लाख ७६ हजार २० कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गरेको हो ।

यस मध्ये ६८ हजार ८०१ कित्ता साधारण शेयर सामूहिक लगानी कोषमा र २७ हजार ५२० कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको यो आयोजना ८.४ मेगावाटको हो । यो आयोजनाको अधिकृत पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ । यसको जारी पूँजी ८० करोड छ । यसको हाल चुक्ता पुँजी ६० करोड छ ।

स्थानीयबासीलाई शेयर जारी गरेपछि यसको पुँजी ६८ करोड र सर्वसाधारणका लागि जारी गरेपछि भने ८० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने छ ।

शेयर निष्कासन पछि यसको पूँजी संरचना ६० करोड संस्थापक शेयरधनीको, ८ करोड आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको र १२ करोड रुपैयाँ सर्वसाधारणको शेयर हुने छ । यो आयोजना चालू आवमा १ करोड ५४ लाख नाफामा जाने अनुमान गरिएको छ । गत वर्ष २ करोड ४३ लाख घाटा रहेको थियो ।

यसको शेयर आवेदन आश्वाको सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट दिन सकिने छ । यो जलविद्युत् आयोजनाको धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो ।

यो कम्पनीको आजबाट शेयर खरिद गर्न चाहने सर्वसाधारणले विवरणप हेर्न तथा प्राप्त गर्न आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय नक्सालमा युवाराज उपाध्यायलाई र सिभिल क्यापिटल मार्केट सुन्धारामा प्रविन श्रेष्ठलाई सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

प्रति मेगावाट लागत २८ करोड ८९ लाख रुपैयाँ रहेको यो आयोजनाको कुल लागत २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ । यसको लगानी फिर्ता हुने अवधि साधारण लगानी ८.५१ वर्षमा र डिस्काउन्टमा फिर्ता हुने अवधि २३.९९ वर्ष रहेको छ । यसले नेप्सेबाट ५ ग्रेडको क्रेडिट रेटिङ पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।