0 COMMENTS

काठमाडौं२३असाेज०७५/ थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

उनी मुम्बईको वाधलापाडस्थित पद्मश्री सिद्ध योगपिठ गुरुधाममा घटस्थापना अर्थात असोज २४ देखि कात्तिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शम शेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जानाउनेछन् । ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।