0 COMMENTS

काठमाडौं२३असाेज०७५/  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कसैले नटेरेको बताएका छन् । सोमबार बालुवाटारमा राजपाका नेताहरूसँग बसेको बैठकमा ओलीले कसैले पनि नटेरेको भन्दै दुखेसो पोखेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’

राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए।

प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ राजपाको माग दसैंसम्म पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्न नपाउँदै अध्यक्ष ठाकुरले ‘तपार्इंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।