0 COMMENTS

काठमाडौं२३असाेज०७५/  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता वामदेव गौतमलाई सांसद बनाउन अन्य प्रयास असफल भएपछि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गर्न लगाउने तयारी भएको छ । मानन्धरले पनि पार्टीको निर्णय आफूलाई मान्य हुने बताएका छन् । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेमा मानन्धरसँग कुरा गरिसकेका छन् ।

गौतमलाई पहिले डोल्पाबाट चुनाव लडाउने तयारी गरिएको थियो । तर डोल्पाका स्थानीयले कुनै पनि हालतमा नमान्ने बताएपछि गौतम पछि हटेका थिए । तर त्यहाँका सांसद धनबहादुर बुढा भने गौतमको लागि सिट खाली गरिदिन तयार भएका थिए ।

त्यसपछि उनलाई दैलेख, नवलपरासी, बाँकेलगायतका जिल्लाबाट चुनाव लडाउने तयारी गरिएको थियो ।उच्च स्रोतका अनुसार मानन्धरले सिट खाली गरिदिन आफू तयार रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराइसकेका छन् । मानन्धरले राप्रपाका विक्रमबहादुर थापालाई पराजित गरेका थिए । गौतम यसअघिको चुनावमा बर्दियाबाट कांग्रेससँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।