0 COMMENTS

भोजपुर, २१ असोज०७५/ भोजपुर बजारको एक घरमा आगलागी भएको छ । आज अपराह्न करीब ३ बजे डाँडागाउँको चेङवेनी चोकमा रहेको जयबहादुर तामाङका घरमा रहेको केएफसी होटेलमा आगलागी भएको हो ।

घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो स्थानीय सेना, प्रहरी तथा दमकलको सहयोगमा करीब एक घण्टापछि नियन्त्रण लिइएको थियो । आगलागीबाट होटल तथा सँगै रहेको किराना पसलका सम्पूर्ण सामग्री जलेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।