0 COMMENTS

काठमाण्डाै २०असाेज०७५/  नेपाल ब्यायाम मन्दिरका मिलन सिजापतीले १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडी पार्दै १५ औं धर्मश्रीबाट सुसोभित भएका छन् । ८० केजी माथीको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद ५ लाख सहित ब्यानेट तथा ट्रफी प्राप्त गरे ।

दोश्रो भएका ८० केजी तौल समूहका सेप फिटनेशका महेश्वरले नगद २ लाख सहित मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा ६५ केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका राम बहादुर दाहाल रहे । उनले नगद १ लाख सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे । उनले नगद ९० हजार सहिट ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौल समूहमा प्रथम हुादै धर्मश्रीका लागि छनोट भएका थिए । यस्तै पााचौ स्थानमा ७० केजी तौल समूहका नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठ रहे । उनले नगद ८० हजार सहित ट्रफी प्राप्त गरे । छैटौस्थानमा रहेका ६० केजी तौल समूहका ब्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजार ट्रफी प्राप्त गरे । यस्तै सातौं स्थानमा ५५ केजीका ब्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजार सहित ट्रफी प्राप्त गरे ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोश्रो र मसल मेनियाका अवाज प्याकुरेल तेश्रो भए ।सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहमा फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ र नेपाल ब्यायाम मन्दिरका सुजन तामाङ्ग दोश्रो र तेश्रो भए ।

६५ केजी तौल समूहमा फिटनेश फस्र्टका रोजिन बज्राचार्यले दोश्रो स्थान प्राप्त गरे । यस्त फिटनेश स्टुडियोका सुपेन डङ्गोलले तेश्रो स्थान हात पारे ।७० केजी तौलमा अक्सफोर्ड जिमका समिर श्रेष्ठले रजत पदक पाए । यसैगरि सेप टु ढल्कोका उज्जल राज बज्राचार्यले कास्यमा चित्त बुझाए ।प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल दोश्रो र रिभर फिल्ड फिटनेशका अशोक महर्जन तेश्रो भए । ८० केजी तौलको समूहमा फिटनेश स्टुडियोका प्रविन शाहीले रजत र सेप टु ढल्कोका विशाल काडेलले कास्य पाए ।

यसैगरि ८० केजी माथिको हेभी वेटमा नेपाल ब्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिल्टि हेल्थ क्लबका अनोज मास्केले कास्यमा चित्त बुझाए ।

तौल समूहमा दोश्रो तथा तेश्रो हुनेले क्रमश : नगद ३० र २० हजार, मेडल तथा प्रमाण प्रत्र प्राप्त गरे ।बिजयी खेलाडीहरुलाई सम्माननिय उप राष्ट्रपती नन्द किशोर पुन पासाङ्ग, पूर्व रक्षा मन्त्री तथा साासद भिमसेन दास प्रधान लगायतले पुरस्कार वितरण गरेक थिए ।

२०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।