0 COMMENTS

भारतीय उपमहाद्वीपका संस्कृति र सभ्यता विश्वका प्राचीनतम सभ्यता र संस्कृतिहरूमध्ये एक हुन्। भारतकाे मध्यप्रदेशकाे भीमबेटकामा फेला परेका २५ हजार वर्ष पुराना शैलचित्र, नर्मदा उपत्यकामा गरिएकाे उत्खनन तथा मेहरगढका अलावा केही अन्य नृवंशीय एवं पुरातत्वीय प्रमाणहरूका अाधारमा के सिद्ध भइसकेकाे छ भने भारतवर्षकाे याे भूमि आदिमानवकाे प्राचीनतम कर्मभूमि रहिअाएकाे छ। यहाँबाट नै मानवले अन्य स्थानहरूमा बसाेबास गर्ने तथा वैदिक धर्मकाे जग राख्ने काम गरेका थिए।

आजभन्दा ३,५०० वर्ष पूर्व जुन सभ्यताहरू जीवित थिए तिनीहरूलार्इ पाश्चात्य इतिहासकारहरूले ‘प्राचीन सभ्यताहरू’ मानेर नै मानव इतिहास र समाजकाृे विश्लेूषण गरेका थिए, तर उनीहरूकाे याे विश्लेषण एकदम गलत, अधुराे र इसाई धर्मलार्इ स्थापित गर्ने बदनियतपूर्ण थियाे।यसका लागि उनीहरूले यस्ता कतिपय तथ्यहरूलार्इ नकारेका छन् जसले प्राचीन भारत र चीनकाे इतिहासलार्इ महान् भएकाे सिद्ध गर्दछन् र इसापछिकाे समाजभन्दा कयाैँ गुणा सभ्य भएकाे प्रमाण पनि पेश गर्दछन्।

प्राचीन सभ्यताहरूमाथि अब केही ज्यादा नै शोध हुन थालेका छन् र उनीहरूबाट नयाँ-नयाँ कुराहरू निस्केर अाइरहेका छन् । कतिसम्म भने उनीहरूकाे एलियनसँग सम्बन्ध थियाे र उनीहरू पनि बिजुली उत्पादन गर्ने प्रविधि जान्दथे। पृथ्वीमा फैलिएका प्राचीन सभ्यताहरूकाे कुरा गर्ने हाे भने पृथ्वीकाे पश्चिमी छेउमा रोम, ग्रीस र मिस्र देशका सभ्यताहरूकाे नाम प्रमुख रूपमा अाउँछन् भने पूर्वी भागमा चीनकाे नाम अग्रपंक्तिमा अाउँछ। मध्यभागमा अवस्थित भारतकाे भने केवल चर्चा मात्रै गरी त्यसै छाडिन्छ। अाखिर किन त? किनभने भारतका बारेमा जान्दाखेरि उनीहरूकाे समाज र धर्मका सारा मापदण्ड फिका लाग्न थाल्छन् । त्यसैले उनीहरू के चाहन्नन् भने भारत र यहाँकाे धर्मकाे सत्य मानिसहरूकाे सामुन्ने अाअाेस्। तर सत्य कति दिनसम्म लुकिरहन सक्छ र ? दुनियाभरिका प्राचीन सभ्यताहरूसँग हिन्दु धर्मकाे के कनेक्शन थियाे? कि त सारा संसारमा हिन्दू वैदिक धर्मले नै मानिसहरूलार्इ सभ्य बनाउनका लागि अलग-अलग क्षेत्रमा नयाँ नयाँ रूपमा धार्मिक विचारधारा स्थापना गरेकाे थियाे ? आज दुनियाँभरिका तमाम धार्मिक संस्कृति र समाजमा हिन्दू धर्मकाे झलक देख्न सकिन्छ, चाहे त्याे यहुदी धर्म होस्, पारसी धर्म होस् वा इसाई-इस्लाम धर्म होस् । इसाभन्दा २३००-२१५० वर्ष पूर्व सुमेरिया, २०००-४०० वर्ष पूर्व बेबिलोनिया, २०००-२५० इसा पूर्व इरान, २०००-१५० इसा पूर्व मिस्र (इजिप्ट), १४५०-५०० इसा पूर्व असिरिया, १४५०-१५० इसा पूर्व ग्रीस (युनान), ८००-५०० इसा पूर्व रोमका सभ्यताहरू विद्यमान थिए। उल्लिखित सबै सभ्यताहरूभन्दा अगाडि नै महाभारतकाे युद्ध भएकाे थियाे । यसकाे तात्पर्य के हाे भने ३५०० इसा पूर्व भारतवर्षमा एक पूर्ण विकसित सभ्यता थियाे।

मेसाेपाेटामिया (सुमेरिया २३००-२१५०) : सुमेर सभ्यतालार्इ नै मेसोपोटामियाकाे सभ्यता भनिन्छ। मेसोपोटामियाकाे अर्थ हुन्छ- दुर्इ नदीहरूकाे बीचकाे भूमि। दजला (टिगरिस) र फुरात (इयुफ़्रेट्स) नदीहरूकाे बीचकाे क्षेत्रलार्इ मेसाेपाेटामिया भनिन्छ। यसै गरी सिन्धु र सरस्वती नदीकाे बीचकाे भूमिमा आर्यहरू बस्दथे। मेसाेपाेटामियामा हालका इराक, उत्तर-पूर्वी सिरिया, दक्षिण-पूर्वी टर्की तथा इरानकाे कुजेस्तान प्रान्तकाे क्षेत्र पर्दथ्याे। यस क्षेत्रमा नै सुमेर, अक्कदी, बेबिलोन तथा असिरियाका सभ्यताहरू अस्तित्वमा थिए। अक्कादियन साम्राज्यकाे राजधानी बेबिलोन थियाे । अतः यसलार्इ बेबिलोनियन सभ्यता पनि भनिन्छ। यहाँ बसाेबास गर्ने पछिल्ला जातिहरू तुर्क, कुर्द, यजिदी, आशुरी (असिरियाई), सबाइन, हित्ती, आदि सबै ययाति, भृगु, अत्रि वंशका भएकाे मानिन्छ।सुमेरियाकाे सभ्यता र संस्कृतिकाे विकास फारसकाे खाडीकाे उत्तरमा दजला र फरात नदीहरूकाे कछाडमा भएकाे थियाे। सुमेरियन सभ्यताका प्रमुख सहर ऊर, किश, निपुर, एरेक, एरिडि, लारसा, लगाश, निसिन, निनिवेह आदि थिए। निपुर यस सभ्यताकाे सर्वप्रमुख नगर थियाे जसकाे काल लगभग ५२६२ इ.पू बताइएकाे छ। यस नगरका प्रमुख देवता एनलिल समस्त देशमा पूजनीय मानिन्थ्याे।सुमेरिया निवासी पनि आस्तिक र मूर्तिपूजक नै थिए। उनीहरू पनि मन्दिरहरूकाे निर्माण गरी ती मन्दिरहरूमा अाफ्ना इष्ट देवताहरूकाे मूर्तिहरू स्थापित गरी त्यसकाे पूजा-अर्चना गर्दथे। हिन्दू संस्कृतिमा आधारित याे सभ्यता इसा पूर्व २००० भन्दा पहिले नै समाप्त हुन पुग्याे।सुमेरियाका मानिसहरूकाे वर्ष हिन्दुहरूकाे जस्तै १२ महिनाकाे नै हुन्थ्याे। उनीहरूकाे मास गणना पनि चन्द्रमाकाे गतिमा नै आधारित थियाे। यस कारण हरेक तेस्राे वर्ष एक महिना बढ्रदथ्याे, जुन वास्तवमा हिन्दुहरूकाे अधिकमास वा मलमास जस्तै थियाे। हिन्दुहरूकाे समान नै अष्टमी र पूर्णिमालार्इ उनीहरू ठूलाे उत्साहका साथ स्वागत गर्दथे।सुमेरियावासीहरूकाे सम्बन्ध सिन्धु उपत्यकाका मानिसहरूसँग एकदम घनिष्ठ थियाे किनभने यहाँ केही यस्ता मुद्राहरू पाइएका छन् जुन सिन्धु उपत्यकामा पाइएकाे थियाे। पश्चिमी इतिहासकारहरूकाे के मान्यता छ भने सिन्धु सभ्यता सुमेरियन सभ्यताकाे उपनिवेश थियाे जबकि सुमेरियनहरू पूर्वलार्इ अाफ्नाे उद्गम थलाे मान्दथे। सुमेरकाे भारतसँग साथ व्यापारिक सम्बन्ध थियाे।प्रसिद्ध इतिहासवेत्ता लैंगडनका अनुसार मोहनजोदडाेकाे लिपि र माेहाेरहरू, सुमेरी लिपि र माेहाेरहरूसँग एकदम मेल खान्छ। सुमेरकाे प्राचीन सहर ऊरमा भारतमा बनेका चुन-माटका भाँडाकुँडा पाइएका छन्। मोहनजोदडाेमा फेला परेकाे साँढे (नन्दी) काे मूर्ति सुमेरमा भेटिएकाे पवित्र वृषभसँग ठ्याक्के मिल्दछ र हडप्पामा फेला परेकाे सिंगारदानीकाे बनावट ऊरमा भेटिएकाे सिंगारदानी जस्तै छ। यी सबैका आधारमा के भन्न सकिन्छ भने सुमेर सभ्यताका मानिसहरू पनि हिन्दु धर्म नै मान्दथे। ‘सुमेर’ शब्दले पनि हामीलार्इ पौराणिक पर्वत सुमेरुकाे सम्झना गराउँछ।

बेबिलोनिया (२०००-४०० इसा पूर्व) : सुमेरी सभ्यता पतन भएपछि यस क्षेत्रमा बाबुली वा बेबिलोनियन सभ्यता पल्लवित भयाे। अक्कादियन साम्राज्यकाे राजधानी बेबिलोन थियाे, त्यरहाँका प्रसिद्ध सम्राट् हम्मुराबी (हाबुचन्द्र) ले अत्यन्त प्राचीन कानुन र दण्ड संहिता बनाएका थिए। बेबिलोनियन सभ्यताकाे प्रमुख विशेषता हम्मुराबीकाे (२१२३-२०८० इ .पू) दण्ड संहिता हाे। बेबिलोनियन सभ्यताकाे प्रमुख ग्रन्थ्र गिल्गामेश महाकाव्य थियाे। गिल्गामेश (२७०० इ.पू) प्राचीन उरुक (वर्तमान इराकमा) जन्मेका एक युवा राजा थिए।
यस सभ्यताका मानिसहरू हिन्दु्हरूकै समान पूजा प्रात: र सायं अर्घ्य, तेल, धूप, अभ्यंग, दीप, नेवैद्य आदि सबै विधिपूर्वक गर्दथे। इसा पूर्व १८ अाैँ शताब्दीमा त्यहाँका कसाइट राजाहरूकाे नाममा वैदिक देवताहरू सूर्य, अग्नि, मरूत आदि नाम मिल्दछन्। त्यहाँका हिट्टाइट र मिनानी राजाहरूकाे बीच भएका सन्धिहरमा साक्षीका रूपमा इन्द्र, वरुण, मित्र, नासत्यका नाम भेटिन्छ। यसबाट के स्पष्ट होता हुन अाउँछ भने बेबिलोनियाका मानिसहरू पनि हिन्दु धर्म नै मान्दथे।अलअपरनामा फेला परेका शिलालेखहरूमा सिरिया, फिलिस्तीनमन राजाहरूकाे नाम भारतीय राजाहरूकाे नामसँग ठ्याक्कै मिल्दछन्। असिरिया शब्द असुर शब्दकाे बिग्रेकाे रूप हाे। बेबिलोनका प्राचीन गुफाहरूमा पुरातात्विक खोजीका क्रममा जुन भित्तिचित्र भेटिएका छन्, तिनीहरूमा भगवान शिवका भक्त, वेदका उत्सुक गायक तथा हिन्दू देवी-देवताहरूकाे उपासना गर्दै उत्कीर्ण गरिएका वा खाेपिएका छन्।

असिरिया (१४५०-५०० इसा पूर्व) : असिरियालार्इ पहिले अश्शूर भन्ने गरिन्थ्याे। अश्शूर प्राचीन मेसोपोटामियाकाे एक साम्राज्य थियाे। याे असुर शब्दकाे अपभ्रंश हाे। याे दजला नदीकाे माथिल्लाे भागमा अश्शूर साम्राज्यान अवस्थित थियाे। तदनन्तर याे साम्राज्य फारसकाे हखामनी वंशका शासकहरूकाे अधीनमा अायाे।असिरिया निवासी सूर्यपूजक थिए र त्यहाँका राजा अाफूलार्इ सूर्यका वंशज मान्दथे। अथर्वण सम्प्रदायमा भारतमा अंगीकृत अथर्वणि चिकित्सा यहाँ पनि प्रचलित थियाे।अथर्ववेदका धेरैजसाे भाग असिरियामा प्रचलित थियाे। होम, यज्ञ, वशीकरण, भूतविद्या आदि प्रकारका विद्याहरू प्रचलित थिए। आयुर्वेदका अष्टांग तथा चरक संहिताकाे इन्द्रिय स्थानकाे दूताधिकार अध्यायमा यी विषयहरूकाे विवेचना गरिएकाे छ।

इरान (२०००-२५०० इसा पूर्व) : इरानलार्इ प्राचीनकालमा पारस्य देश भनिन्थ्याे। आर्याण शब्दबाट इरान शब्दकाे उत्पत्ति भएकाे हाे। इसाकाे ७ अाैँ शताब्दीमा जब खलिफाहरूकाे आक्रमण बढ्न थाल्याे, तब अधिकांश मानिसहरूलार्इ इस्लाम अपनाउन बाध्यात्मक अवस्था सिर्जना भयाे र जो इस्लाम धर्म अपनाउन चाहँदैनथे उनीहरू अाफ्नाे पुर्ख्याैली थालथलाे छाडेर अन्यत्र जान बाध्य भए। यहाँकाे मूल धर्म त वैदिक धर्म नै थियाे तर जरथुस्त्रमा वेदमा आधारित पारसी धर्मकाे सुरुवात भयाे। प्राचीनकालमा आर्यहरूकाे एक समूह इरानमा नै बस्दथ्याे। इरानमा वेदकालीन धर्म र संस्कृतिकाे गहिरा प्रभाव थियाे।जरथुष्ट्रलार्इ ऋग्वेदका अंगिरा, बृहस्पति आदि ऋषिहरूका समकालिक मानिन्छ। उनीहरू इरानी आर्यहरूका स्पीतमा कुटुम्बका पौरुषहस्पका पुत्र थिउ। इतिहासकारहरूकाे मत के छ भने जरथुस्त्र १७००-१५०० इ.पू काे बीचमा भएका थिए। याे लगभग त्यही कालखण्ड थियाे, जुन समयमा राजा सुदासकाे आर्यावर्तमा शासन थियाे भने अर्कातिर हजरत इब्राहीम अाफ्नाे धर्मकाे जाेडताडले प्रचार-प्रसार गरिरहेका थिए।पारसीहरकाे धर्मग्रन्थ ‘जेन्द अवेस्ता’ हाे, जुन ऋग्वैदिक संस्कृतकाे नै एक पुरातन शाखा अवेस्ता भाषामा लेखिएकाे छ। यही कारणले गर्दा ऋग्वेद र अवेस्तामा धेरैजसाे शब्दहरूकाे समानता छ। अत्यन्त प्राचीन युगका पारसीहरू र वैदिक आर्यहरूकाे प्रार्थना, उपासना र कर्मकाण्डमा कुनै भेद देखिँदैन। उनीहरू अग्नि, सूर्य, वायु आदि प्रकृति तत्वहरूकाे उपासना र अग्निहोत्र कर्म गर्दथे। मिथ्र (मित्रासूर्य), वयु (वायु), होम (सोम), अरमइति (अमति), अद्दमन् (अर्यमन), नइर्य-संह (नराशंस) आदि उनीहरूका पनि देवता थिए। उनीहरू पनि भी ठूला-ठूला यश्न (यज्ञ) गर्थे, सोमपान गर्थे र अथ्रवन् (अथर्वन्) नामक याजक (ब्राह्मण) काठसँग काठ रगडेर अग्नि उत्पन्न गर्दथे। उनीहरूकाे भाषा पनि त्यही एक मूल आर्य भाषाबाट उत्पन्न भएकाे थियाे जसबाट वैदिक र लौकिक संस्कृत निस्केकाे हाे। अवेस्तामा भारतीय प्रदेशहरू र नदीहरूका नाम पनि छन्, जस्तै हफ्तहिन्दु (सप्तसिन्धु), हरव्वेती (सरस्वती), हरयू (सरयू), पञ्जाब इत्यादि।

मिस्र (इजिप्ट- २०००-१५० इसा पूर्व) : मिस्र धेरै नै प्राचीन देश हाे। यहाँका पिरामिडहरूकाे प्रसिद्धि र प्राचीनताका बारेमा सबै जान्दछन्। यी पिरामिड प्राचीन सभ्यताका साक्षी हुन्। प्राचीन मिस्र नाइल नदीकाे किनारामा बसेकाे थियाे। याे उत्तरमा भूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टी र इजरायल, पूर्वमा लाल सागर, पश्चिममा लिबिया एवं दक्षिणमा सूडानबाट घेरिएकाे छ।
यहाँकाे सहर इजिप्ट प्राचीन सभ्यताहरू र अफ्रिका, अरब, रोमन आदि मानिसहरूकाे मिलन स्थल हाे। याे स्थल प्राचीन विश्व्काे प्रमुख व्यापारिक र धार्मिक केन्द्र रहेकाे थियाे। मिस्रकाे भारतसँग गहिराे सम्बन्ध रहेकाे थियाे। यहाँ फराह राजाहरूकाे धेरै लामाे कालसम्म शासन रहेकाे थियाे। के मान्न सकिन्छ भने यसबाट पहिले यादवहरूकाे गजपत, भूपद, अधिपद नामका तीन भाइहरूकाे राज्य थियाे। गजपदका अाफ्ना भाइहरूसँग झगडाका कारणले उसले मिस्र छोडेर अफगानिस्तानमा एक गजपद नगर बसाएका थिए। गजपद धेरै शक्तिशाली थियाे।मिस्रमा सूर्यलार्इ सर्वश्रेष्ठ चिकित्सा देवताका रूपमा मानिन्छ। भारतीयहरूले भने- आरोग्यं भास्करादिच्छेत। यहाँ अनेक औषधिहरू भारतबाट मगाइन्थ्याे। भारतीय र मिस्रका भाषाहरूमा धेरै शब्द र तिनीहरूका अर्थ समान छन्, जस्तै हरी (सूर्य)- होरस, ईश्वरी- ईसिस, शिव- सेव, श्वेत- सेत, क्षत्रिय- खेत, शरद- सरदी आदि। मिस्रका पुरोहितहरूकाे वेशभूषा भारतीय पुरोहितहरू तथा पण्डितहरूकाे जस्तै छ। उनीहरूकाे मूर्तिहरूमा पनि वैष्णवी तिलक लगाइएकाे पाइन्छ। एलोराकाे गुफा र इजिप्टकाे एक गुफामा पाइएकाे नक्काशी र गुफाका प्रकारमा आश्चर्यजनक रूपले समानता छ।मिस्रका प्रसिद्ध पिरामिड त्यहाँका राजाहरूकाे एक प्रकारका चिहान छन्। भारतीयहरूलार्इ यस विद्याकाे उत्तम जानकारी थियाे। उनले राजा दशरथकाे शव उनका पुत्र भरतकाे कैकेय प्रदेशबाट अयोध्या आउने बेलासम्म सुरक्षित राखिएकाे थियाे।

युनान (ग्रीस- १४५०-१५०) : युनान र भारतकाे त धेरै प्राचीनकालदेखि नै सम्बन्ध रहिअाएकाे छ। युनानी देवी र देवताहरूमा धेरै हदसम्म समानता पाइन्छ। उनीहरूकाे सम्बन्ध ताराहरूसँग हाे, त्यसरी नै जसरी हिन्दू देवी-देवताहरूकाे छ।

ग्रीस देशका महाकवि होमरले इसाकाे ८ अाैँ शताब्दीमा ‘ओडिसी’ नामक महाकाव्य लेखेका थिए जसमा उनले अाफ्नाे समयकाे देश स्थितिकाे वर्णन गरेका छन्। यस ग्रन्थबाट के थाहा पाउन सकिन्छ भने आयुर्वेदकाे ‘दैव व्यपाश्रय’ पद्धति त्यहाँ प्रचलित थियाे। उनकाे अर्काे पुस्तक ‘इलियाड’ मा भारतीय शल्य चिकित्साकाे उपयोगकाे पनि वर्णन गरिएकाे छ।डा. राेयल अाफ्नाे पुस्तक ‘सिभिलाइजेशन इन इन्डिया’ मा के लेख्छन् भने ‘विश्वकाे प्रथम चिकित्सा प्रणालीका लागि हामी हिन्दुहरूका ऋणी छाैँ।’ ग्रीसकाे वैद्यकीय चिकित्सामा भारतीय आयुर्वेदकाे गहिराे प्रभाव प्रत्यक्षतः तथा परोक्षतः (मिस्र, इरान आदिका माध्यमबाट) परेकाे थियाे। डोरोथिया चैम्पलीन लेख्छन्- ‘भारतीय आयुर्वेदकाे शरीर विज्ञानमा कुनै पनि विदेशी शब्द छैनन् तर पाश्चात्य शरीर विज्ञानमा भने भारतकाे छाप स्पष्ट देख्न पाइन्छ।’शिरमा मस्तिष्ककाे माथिल्लाे भागलार्इ आयुर्वेदमा शिरोब्रह्म भनिन्छ, त्याे ग्रीस र रोममा ‘सेरेब्रम’ हुन गएकाे हाे। त्यसरी नै मस्तिष्ककाे पछाडिकाे भाग शिरोविलोम ‘सेरिबैलम’ र हृद ‘हार्ट’ हुन गएका छन्। घोडामा सवार भएर रोगीहरूकाे चिकित्सा गर्ने भारतीय अश्विनीकुमारहरूकाे युग्म जस्तै ‘कैक्टस र पोलुपस’ ग्रीक युग्म घोडामा सवार भएर रोगीहरूकाे रक्षा गर्दछन्।प्रसिद्ध इतिहासकार मोनियर विलियम्सले स्पष्ट शब्दमा के भनेका छन् भने युरोपका प्रथम दार्शनिक प्लेटो र पाइथागोरस दुबै दर्शनशास्त्रका विषयमा सबै प्रकारले भारतवासीका ऋणी छन्। पाइथागोरसकाे नामबाट प्रसिद्ध प्रमेय भारतकाे बौधायन शुल्ब सूत्रमा धेरै पहिलेदेखि नै विद्यमान छ।
रोम (८००-५०० इसा पछि) : रोमन सभ्यतासँग अाफू स्वयंकाे केही पनि थिएन। राेमसँग जति पनि ज्ञान थियाे त्याे भनेकाे मिस्र, भारत र युनानले दिइएका मात्र थिए। रोमनहरूले नै भारतीय पंचांग र क्यालेन्डरलार्इ देखेर अाफ्नाे एक क्यालेन्डर बनाए।रोमकाे साम्राज्य सिंगै युरोपमा फैलिएकाे कारणले रोमन सभ्यताकाे प्रभाव सारा युरोपमा परेकाे थियाे । त्यसैले यहाँ केवल एकै उदाहरण दिन सकिन्छ- रोमकाे मुद्रसकन मानिसहरूका देवता ‘तितिया’ काे अस्त्रकाे वर्णन भारतका इन्द्रकाे वज्र जस्तै नै छ भनेर गर्छन्।इतिहासकारहरूका अनुसार धेरैजसाे भारतीयहरू घुम्दै-घुम्दै संसारका अनेक देशहरूमा पुगे। उनीहरू स्वयंलार्इ ‘रोम’ भन्दथे र उनीहरूकाे भाषा रोमानी थियाे, परन्तु युरोपमा उनीहरूलार्इ ‘जिप्सी’ भनिन्थ्याे। उनीहरू वर्तमान समयकाे पाकिस्तान र अफगानिस्तान आदिलार्इ नाघेर पश्चिमतिर लागेका थिए। त्यहाँबाट इरान र इराक हुँदै उनीहरू तुर्की पुगे।

फारस, तौरसका पहाडी र कुस्तुन्तुनिया हुँदै उनीहरू युरोपका अनेक देशहरूमा फैलिन पुगे।यस अवधिमा ती मानिसहरूले के बिर्से भने उनीहरू कहाँका निवासी हुन्, परन्तु उनीहरूले अाफ्नाे भाषा, रहन-सहन, रीति-रिवाज र व्यवसाय आदिलार्इ भने छाडेनन्। रोमनहरूलार्इ उनीहरूकाे नृत्य र संगीतका कारणले चिनिन्छ। के भनिन्छ भने हर एक रोमन गायक र अद्भुत कलाकार हुन्छ। वास्तवमा इसा युगकाे प्रथम तीन शताब्दीमा भारतकाे पश्चिमका साथ लाभप्रद समुद्री व्यापार भयाे जसमा रोम साम्राज्य प्रमुख थियाे। रोम भारतीय सामानकाे सर्वोत्तम ग्राहक थियाे। याे व्यापार खास गरी दक्षिण भारतसँग भयाे, जुन कोयम्बटुर र मदुराईमा भेटिएका रोमका सिक्काहरूबाट पनि सिद्ध हुन्छ। धार्मिक इतिहासकारका अनुसार राजा विक्रमादित्यसँग रोमका राजा प्रतिद्वन्द्विता राख्दथे। विक्रमादित्यलार्इ ज्योतिष र खगोल विज्ञानमा असाध्यै रुचि थियाे। वराहमिहिर जस्ता विद्वान उनकै कालका थिए। उनकाे प्रयासहरूकाे कारणले नै आज दुनियाँले खगोलमा उन्नति गरेकाे छ।

हरिदत्त शर्मा ज्योति विश्वकोषका अनुसार राजा विक्रमादित्यले नै अाफ्नाे दिल्लीमा एक ‘ध्रुव स्तम्भ’ बनाउन लगाएका थिए जसलार्इ आज ‘कुतुब मीनार’ भनिन्छ। वास्तवमा याे ध्रुव स्तम्भ ‘हिन्दू नक्षत्र निरीक्षण केन्द्र’ हाे। कुतुब मीनारकाे आसपास दुबै पहाडहरूकाे बीचबाट नै सूर्यास्त हुने गर्छ। वराहमिहिरका अनुसार २१ जुनलार्इ सूर्य ठीक यसकाे माथिबाट निस्कन्छ। कुतुबुद्दीन लुटेरा त मात्र ४ वर्ष मात्रै भारतमा बसे र ‍गए, जबकि याे कुतुब मीनार (ध्रुव स्तम्भ) २ हजार वर्ष पुराना‍े सि‍द्ध भइसकेकाे छ।
माया सभ्यता (२५० इस्वीदेखि ९०० इस्वी) : अमेरिकाकाे प्राचीन माया सभ्यता ग्वाटेमाला, मेक्सिको, होन्डुरस तथा युकाटन प्रायद्वीपमा स्थापित थियाे। याे एक कृषिमा आधारित सभ्यता थियाे। २५० इस्वीदेखि ९०० इस्वीकाे बीच माया सभ्यता अाफ्नाे चरमचुलीमा थियाे। यस सभ्यतामा खगोल शास्त्र, गणित र कालचक्रलार्इ असाध्यै महत्व दिइएकाे थियाे। मृेक्सिको यस सभ्यताकाे गढ थियाे। आज पनि यहाँ यस सभ्यताका अनुयायीहरू बस्दछन्।

त्यसाे त यस इलाकामा इसाभन्दा १० हजार वर्ष पहिले नै मानव बसाेबास सुरू भएकाे प्रमाण पाइन्छ र १८०० वर्ष इसा पूर्वबाट प्रशान्त महासागरका तटीय इलाकामा गाउँ पनि बस्न सुरू भइसकेका थिए। तर केही पुरातत्ववेत्ताहरूका अनुसार इसाभन्दा त्यस्तै एक हजार वर्ष पहिले माया सभ्यताका मानिसहरूले आनुष्ठानिक भवनहरू बनाउन सुरू गरेका थिए र ६०० वर्ष इसा पूर्वसम्ममा धेरै ठूलाे संख्यामा परिसरहरू बनाइसकेका थिए। सन् २५० देखि ९०० का बीचमा विशाल स्तरमा भवन निर्माण कार्य भयाे, सहरहरू बसे। उनीहरूकाे सबभन्दा उल्लेखनीय निर्माण कार्य पिरामिड हाे, जुन उनीहरूले धार्मिक केन्द्रहरमा बनाए तर फेरि सन् ९०० पछि माया सभ्यताका यी नगरहरूकाे ह्रास हुन थाल्याे र नगर खाली हुन गए।

माया सभ्यताकाे पंचांग ३११४ इसा पूर्व सुरू भएकाे थियाे। यस क्यालेण्डरमा हरेका ३९४ वर्षपछि बाकतुन नामकाे एक कालखण्डकाे अन्त्य हुने गर्छ। २१ डिसेम्बर २०१२ काे दिन उक्त क्यालेण्डरकाे १३ अाैँ बाकतुन समाप्त भएकाे थियाे। यद्यपि माया सभ्यताका बारेमा के भनिन्छ भने याे सभ्यतालार्इ पनि सिन्धु उपत्यका र मिस्रकाे सभ्यताहरू जस्तै अत्यन्त रहस्यमयी सभ्यता हाे किनभने यसले पनि अाफूभित्र अनेक नसुल्झिएका कयाैँ रहस्यहरू समेटेकाे छ।अमेरिकी इतिहासकारहर के मान्छन् भने भारतीय आर्यहरूले नै अमेरिकी महाद्वीपमा सबभन्दा पहिलाे बस्ती बसाएका थिए। अमेरिकाका रेड इन्डियन त्यहाँका आदिवासी मानिन्छन् र हिन्दू संस्कृति त्यहाँ आजभन्न्दा हजाराैँ वर्ष पहिले नै पुगेकाे थियाे। मान्यता के छ भने याे बसाइँसराइँ महाभारतकालमा भएकाे थियाे।
चिली, पेरू र बोलिभियामा हिन्दू धर्म : अमेरिकी महाद्वीपकाे बोलिभिया (वर्तमानमा पेरू र चिली) मा हिन्दुहरूले प्राचीनकालमा अाफ्ना बस्तीहरू बसाए र कृषिकाे पनि विकास गरे। यहाँका प्राचीन मन्दिरहरूका द्वारमा विरोचन, सूर्य द्वार, चन्द्र द्वार, नाग आदि सबै हिन्दू धर्मका समान द्वारहरू छन्। संयुक्त राज्य अमेरिकाकाे आधिकारिक सेनाले नेटिभ अमेरिकनकाे एउटा ४५ अाैँ मिलिट्री इन्फैन्ट्री डिभिजनकाे चिह्न एक पहेँलाे रंगकाे स्वस्तिक थियाे। नाजीहरूकाे घटनापछि उनीहरूले यसलार्इ हटाएर गरूडकाे चिह्न अपनाए।

कम्बोडिया : कम्बोडिया जसलार्इ पहिले कम्पुचिया र त्यसभन्दा पनि पहिले कम्बोज नामबाट चिनिन्थ्याे । याे दक्षिण-पूर्व एसियाकाे एक प्रमुख देश हाे। पहिले याे देश एक हिन्दू राष्ट्र थियाे भने अहिले बौद्ध राष्ट्र हाे। लगभग ६०० वर्षसम्म फुनानले यस प्रदेशमा हिन्दू संस्कृतिकाे प्रचार एवं प्रसार कार्यमा महत्वपूर्ण योगदान गरेका थिए । तत्पश्चात यस क्षेत्रमा कम्बुज वा कम्बोजकाे महान राज्य स्थापित भयाे।के मानिन्छ भने प्रथम शताब्दीमा कौंडिन्य नामक एक ब्राह्मणले हिन्द-चीनमा हिन्दू राज्यकाे स्थापना गरेका थिए। यिनैकाे नाममा कम्बोडिया देशकाे नाम रहेकाे मानिन्छ। हिन्द-चीनले मिलेर यहाँ खमेर साम्राज्यकाे स्थापना गरेका थिए। यस सम्बन्धमा अर्काे के पनि भनाइ छ भने भारतीय राज्य कम्बोजकाे उपनिवेशका रूपमा कम्बोडियाकाे स्थापना भएकाे थियाे।

कम्बोजकाे प्राचीन दन्त्यकथाहरूका अनुसार यस उपनिवेशकाे अाधार’आर्यदेश’ का शिवभक्त राजा कम्बु स्वायम्भुवले बनाएका थिए। उनी यस भयानक जंगलमा आए र यहाँ बसाेबास गरिरहेका नाग जातिका राजाकाे सहायताले उनले यहाँ एक नयाँ राज्य स्थापना गरे जुन नागराजकाे अद्भुत जादूगरीबाट हरा-भरा, सुन्दर प्रदेशमा परिणत भयाे। कम्बुले नागराजकी कन्या मेरासँग विवाह गरे र कम्बुज राजवंशकाे जग हाले।कम्बोडियामा हजाराैँ प्राचीन हिन्दू र बौद्ध मन्दिरहरू छन्। यहाँ के महत्वपूर्ण छ भने एएसआई कम्बोडियामा अवस्थित ‘ता प्रोहम मन्दिर’काे जीर्णोद्धार गरिरहेकाे छ। कम्बोडियामा नै भगवान विष्णुकाे सबभन्दा पुरानाे मन्दिर छ। अभिलेखहरूबाट प्राप्त जानकारीका अनुसार १,००० वर्ष पहिले भारतबाट कतिपय मानिसहरू कम्बोडिया गए र त्यहाँ मन्दिरहरूकाे निर्माण गराए।यसका साथै कम्बोडियामा एक प्राचीन शिव मन्दिर पनि थियाे, जहाँबाट १७ वटा अभिलेखहरू प्राप्त भएका थिए तर त्यस मन्दिरकाे अहिले केही अवशेष मात्रै शेष बचेका छन्। यस मन्दिरकाे इतिहासकाे पनि जानकारी ती अभिलेखहरूमा पाइन्छन्। यसै गरी विष्णुकाे प्राचीन मन्दिन अंगकोर वट सबभन्दा पुरानाे विष्णुकाे मन्दिर हाे, त्यहाँ पनि कतिपय प्राचीन अभिलेखहरू फेला परेका छन्, जसलार्इ भर्खरै मात्र अध्ययन गर्ने काम सुरू भएकाे छ।

भियतनाम : भियतनामकाे इतिहास २,७०० वर्षभन्दा पनि अधिक प्राचीन छ। भियतनामकाे पुरानाे नाम चम्पा थियाे। चम्पाका मानिसहरू चाम भनिन्थे र उनीहरूका राजा शैव थिए। दाेस्राे शताब्दीमा स्थापित चम्पा सनातन संस्कृतिकाे प्रमुख केन्द्र थियाे। यहाँका चम मानिसहरूले सनातन धर्म, भाषा, सभ्यता ग्रहण गरेका थिए। सन् १८२५ मा चम्पाकाे महान हिन्दू राज्यकाे अन्त भयाे।श्री भद्रवर्मन जसकाे नाम चिनियाँ इतिहासमा फन-हु-ता (380-413 इ.) उल्लेख छ, चम्पाका प्रसिद्ध सम्राटहरूमभ्ये एक हुन् जसले अाफ्नाे विजय र सांस्कृतिक कार्यहरूबाट चम्पाकाे गौरव बढाए। किन्तु उनका पुत्र गंगाराजले सिंहासन त्याग गरी अाफ्नाे जीवनकाे अन्तिम दिन भारत आएर गंगाका तटमा व्यतीत गरे। चम्पा संस्कृतिका अवशेष भियतनाममा अहिले पनि पाइन्छ। यहाँ अहिले पनि कयाैँ शैव मन्दिर छन्।

नृजातीय तथा भाषिक दृष्टिकाेणबाट हेर्दा चम्पाका मानिसहरू चाम (मलय पाेलीनेशियन) थिए। वर्तमान समयमा चामहरू भियतनाम र कम्बोडियाका सबभन्दा अल्पसंख्यक जाति हुन्। आरम्भमा चम्पाका मानिसहरू र त्यहाँका राजा शैव थिए तर केही सय वर्ष पहिले इस्लाम धर्म यहाँ फैलिन सुरू भयाे। अब अधिक चामहरू मुसलमान छन् तर हिन्दू र बौद्ध चाम पनि छन्। भारतीयहरूकाे आगमन पूर्व यहाँका निवासीहरू दुर्इ उपशाखाहरूमा विभक्त थिए। जो भारतीयहरूकाे सम्पर्कमा सभ्य हुन गए तिनीहरू कालान्तरमा चम्पाकाे नामबाट नै चमका रूपमा विख्यात भए भने अरू जो बर्बर थिए तिनीहरू ‘चमम्लेच्छ’ र ‘किरात’ आदि कहलाए। हुनत सम्पूर्ण भियतनाममा चीनका राजवंशहरूकाे शासन नै अधिक रह्याे।

मलेसिया : सिंगापुर पहिले मलेसियाकै एक हिस्सा थियाे। पहिले यसलार्इ सिंहपुर भनिन्थ्याे। ‘मलय’ शब्दकाे संस्कृतमा अर्थ हुन्छ- ‘पहाडहरूकाे भूमि’। प्रथम शताब्दीमा साहसी भारतीयहरूले मलेसिया पुगेर त्यहाँका निवासीहरूलार्इ हिन्दु सभ्यता एवं संस्कृतिसँग परिचित गराए र मलेसियामा नगरहरू र मन्दिरहरूकाे निर्माण गरे। कालान्तरमा मलेसियामा शैव, वैष्णव तथा बौद्ध धर्म प्रचलन अाए। सन् १९५७ मा अंग्रेजकाे दासताबाट मुक्त भर्इ मलेिपया एक सम्प्रभुता सम्पन्न राज्य बन्याे।उत्तर मलेसियामा बुजांग उपत्यका तथा मरबाकका समुद्री किनारासँगै पुरानाे समयका अनेक हिन्दू तथा बौद्ध मन्दिरहरू आज पनि छन्। मलेसिया अंग्रेजकाे दासताबाट सन् १९५७ मा मुक्त भयाे।इस्लामिक प्रचार प्रसारका कारणले मलेसिया अहिले एक मुस्लिम बहुल देश भएकाे छ। मलेसियाकाे जनसंख्या साँढे दुर्इ करोड जति छ। यहाँ मलय वंशका मानिसहरूकाे संख्या लगभग ५५ प्रतिशत छ। मुस्लिमहरूकाे संख्या ५५ प्रतिशतभन्दा धेरै भएकाले हाल यसलार्इ इस्लामिक गणराज्य घोषित गरिएकाे छ। यद्यपि यहाँका मुसलमानहरू अाफ्नाे पुरानाे धर्मकाे सम्मान गर्दछन्। हालैकाे जनगणना अनुसार मलेसियामा हिन्दू झण्डै ६ प्रतिशत मात्रै छन् ।

इण्डोनेशिया : इण्डोनेशिया कुनै समयमा भारतकाे एक सम्पन्न राज्य थियाे। आज इण्डोनेशियाकाे बाली द्वीपलार्इ छोडेर शेष सबै द्वीपहरू मुसलमान बहुसंख्यक भएका छन्, तर पनि हिन्दू देवी-देवताहरूसँग यहाँका जनमानस आज पनि परम्पराहरूका माध्यमबाट जाेटिएका छन्।

फिलिपिन्स : फिलिपिन्समा कुनै बेलामा भारतीय संस्कृतिकाे पूर्ण प्रभाव थियाे तर १५ अाैँ शताब्दीमा मुसलमानहरूले आक्रमण गरी यहाँ अाफ्नाे आधिपत्य जमाए। आज पनि फिलिपिन्ससमा केही हिन्दू रीति-रिवाज प्रचलित छन्।

थाइल्याण्ड : थाइल्याण्डकाे जनसंख्या लगभग छ करोड दस लाख छ।यहाँका सबै मानिसहरू कुनै एकै वंश अथवा धर्मका छैनन्। यिनीहरूमध्ये ९२-९३ प्रतिशत बौद्ध, ३-४ प्रतिशत मुसलमान, १ प्रतिशतभन्दा पाि कम इसाई र शेष हिन्दू छन्। बौद्ध धर्म यहाँकाे राष्ट्रिय धर्म मानिन्छ। थाइहरू बौद्ध थेरावद पन्थका मानिसहरू हुन्।

सिन्धु–सरस्वती उपत्यकाकाे सभ्यता (५०००–३५०० इसा पूर्व) : हिमालयबाट निस्केर सिन्धु नदी अरबकाे समुद्रमा गएर खस्दछ। प्राचीनकालमा यस नदीकाे आसपास फैलिएका सभ्यतालार्इ नै सिन्धु उपत्यकाकाे सभ्यता भनिन्छ। यस नदीकाे किनारका दुर्इ स्थानहरू हडप्पा र मोहनजोदडाे (पाकिस्तान) मा गरिएकाे उत्खननमा सबभन्दा प्राचीन र पूर्ण रूपले विकसित नगर र सभ्यताकाे अवशेष भेटियाे। यसपछि चन्हुदडाे, लोथल, रोपड, कालीबंगा (राजस्थान), सुरकोटदा, आलमगीरपुर (मेरठ), बणावली (हरियाणा), धौलावीरा (गुजरात), अलीमुराद (सिन्ध प्रान्त), कच्छ (गुजरात), रंगपुर (गुजरात), मकरान तट (बलुचिस्तान), गुमला (अफगान-पाक सीमा) आदि ठाउँहरूमा उत्खनन गरी प्राचीनकालीन कयाैँ अवशेषहरू एकट्ठा गरियाे। अहिले यसलार्इ सैन्धव सभ्यता भनिन्छ।
हडप्पा तथा मोहनजोदडाेमा असंख्य देवीहरूकाे मूर्तिहरू प्राप्त भएका छन्। यी मूर्तिहरू मातृदेवी वा प्रकृति देवीका हुन्। प्राचीनकालदेखि नै मातृ वा प्रकृतिकाे पूजा सनातन धर्मावलम्बीहरूले गर्दै अाइरहेका छन् र आधुनिक कालमा पनि गरिरहेका छन्। यहाँ भएका उत्खननबाट के पत्ता लाग्याे भने हिन्दू धर्म प्राचीनकालमा अच्यन्त उन्नत अवस्थामा थियाे। सिन्धु उपत्यकाकाे सभ्यतालाृइ दुनियाँकाे सबभन्दा रहस्यमयी सभ्यता मानिन्छ किनभने यसकाे पतनका कारणहरू अहिलेसम्म खुलासा भएकाे छैन । कुरा कतिसम्म भने यसै कालखण्डमा नै महाभारतकाे युद्ध यसै क्षेत्रमा भएकाे थियाे। मानिसहरूका बीच हिंसा, संक्रामक रोगहरू र जलवायु परिवर्तनले करिब ४ हजार वर्ष पहिले सिन्धु उपत्यका वा हडप्पा सभ्यतालार्इ समाप्त गर्नमा ठूलाे भूमिका निर्वाह गरेकाे थियाे। याे दाबी हालै गरिएकाे एक नयाँ अध्ययनमा गरिएकाे हाे।

नर्थ कैरोलिनामा स्थित एप्पलचियान स्टेट युनिभर्सिटीमा नृविज्ञान (एन्थ्रोपोलाेजी) का एसोसिएट प्रोफेसर डा. ग्वेन राेबिन्स शुगले एक प्रसंगमा के भने जलवायु, आर्थिक र सामाजिक परिवर्तनहरू, सबै सहरीकरण र सभ्यताकाे समाप्त गर्ने प्रक्रियामा भूमिका निर्वाह गर्याे, तर यस बारेमा परिवर्तनहरूले कसरी मानव अाबादीलार्इ प्रभावित गर्याे भन्ने सम्बन्धमा अझै विस्तृत रूपमा ज्ञात हुन सकेकाे छैन । अाज भाैगाेलिक रूपमा जुन भूभागलार्इ पाकिस्तान र अफगानिस्तान भनिन्छ, महाभारतकालमा यस भूखण्डलार्इ पांचाल, गान्धार, मद्र, कुरु र कंबोजका स्थली भनिन्थ्याे। अयोध्या र मथुरादेखि लिएर कंबोज (अफगानिस्तानकाे उत्तरी भूभाग) सम्म आर्यावर्तकाे बीच खण्डमा कुरुक्षेत्र थियाे, जहाँ महाभारत युद्ध भयाे। हिजाेअाज याे क्षेत्र हरियाणाकाे एक सानाे भागकाे रूपमा रहेकाे छ।

त्यस कालमा सिन्धु र सरस्वती नदीका किनारमा नै मानिसहरू बस्दथे। सिन्धु र सरस्वती नदीकाे माझकाे क्षेत्रमा कयाैँ विकसित नगर बसेका थिए। यहीं नै सिन्धु उपत्यकाकाे सभ्यता र मोहनजोदडाेका सहरहरू पनि बसेका थिए। मोहनजोदडाे सिन्धु नदीका दुर्इ टापुहरूमा अवस्थित छ।जब पुरातत्व शास्त्रीहरूले गएकाे शताब्दीमा मोहनजोदडाे स्थलकाे उत्खननका अवशेषहरूकाे निरीक्षण गरे तब उनीहरूले के पाए भने त्यहाँका गल्लीहरमा नरकंकाल फेला परे। कतिपय अस्थिपञ्जर अाश्चर्यजनक अवस्थामा सुतेका थिए भने कतिपय अस्थिपञ्जरहरू चाहिँ एक-अर्काका हात कसरी समातेर बसेका थिए भने मानाैँ कुनै विपत्तिले अचानक उनीहरूलार्इ त्यस्ताे अवस्थामा पुर्याएकाे हाेस् ।ती नरकंकालहरूमा त्यस्तै प्रकारका रेडियो एक्टिभिटीका चिह्न थिए, जस्ताे जापानी नगर हिरोशिमा र नागासाकीका कंकालहरूमा एटम बम विस्फोट पश्चात देखिएका थिए। मोहनजोदडाे स्थलका अवशेषहरूमा नाइट्रिफिकेशनका जुन चिह्न पाइएका थिए, त्यसकाे कुनै स्पष्ट कारण थिएन, किनभने यस्ताे अवस्था केवल अणु बमकाे विस्फोट पश्चात नै हुन सक्छ। उल्लेखनीय के छ भने महाभारतमा अश्व त्थामाले ब्रह्मास्त्रकाे प्रयोग गरेका थिए जसका कारणले आकाशमा कयाैँ सूर्यहरूकाे प्रकाश पैदा भएकाे थियाे। यसैकाे कारणले याे सभ्यता विनाश भएकाे भन्ने धारणा पनि अाफैँमा बलियाे छ । वेबदुनियाबाट नेपालीमा भावानुवाद । संकलक अनिरूद्र जाेशी शतायु 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।