0 COMMENTS

काठमाडौं२०असाेज०७५/ फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।

प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए ।

लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो । तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस ग-यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।