0 COMMENTS

काठमाण्डाै१९असाेज०७५/  १३ औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक बीजेता महेश्वर महर्जन १५ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल भएका छन् ।

८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेश एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५ औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् । उनलका साथै उक्त तौल समूहमा मिडवेष्टर्नका विष्णु बि.क., सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल काडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामा रहेका छन् ।

प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने शहिद तथा ब्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट आयोजना गरिएको प्रतियोगिताको १५ औं संस्करणको अन्तिम चरणको लागि छनोट हुन सफल ५५ केजी तौल समूहमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर, फ्लेकस जिमका सुजन गुरुङ्ग, बुटवल फिटनेशका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री रहेका छन् ।

नेपाल ब्यायाम मन्दिको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहबाट फिटनेश स्टुडियोका गौरभ प्रसाद श्रेष्ठ, फिटनेश स्टारका यदु कुमार बिश्वकर्मा, नेपाल ब्यायाम मन्दिरका शैलेन्द्र कुमार शर्मा र सुजन तामाङ्ग, ओम फिटनेशका मिन बहादुर चौधरी तथा नेपाल ब्यायाम मन्दिरका आशिष देवाजु पनि छनौट भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए । नेपाल ब्यायाम मनिदरका दाहाल नेपाल शारीरिक सुगठन तथा फिटनेश संघद्वारा २०६९ सलमा आयोजना गरिएको चौथौं मि. हिमालयका विजयी हुन् । यस्तै सोही तौलमा ओम फिटनेशका फिरदोस दापाली हासमी, फिटनेश फस्र्टका रोजिन बज्राचार्य, बुटवल फिटनेशका विजेन्द्र मान श्रेष्ठ, सेप टु ढल्कोका बिवेक बिष्ट, फिटनेश स्टुडियोका सुपेन डङ्गोल पनि छनोट हुन सफल भए ।

७० केजी तौलमा सेप टु ढल्कोका उज्जल राज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेश स्टुडियोका बद्रि श्रेष्ठ, ब्रोन्ज फिटनेशका किरण श्रेष्ठ तथा नेपाल ब्यायाम मन्दिरका संजीव श्रेष्ठले पनि फाईनल चरणका लागि स्थान बनाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेशका ललित धिमाल, रिभर फिल्ड फिटनेशका अशोक महर्जन, सेप टु ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नविन राना, गुड लाईफका सुरेश खड्का तथा नेपाल ब्यायाम मन्दिरका प्रवेश के.सी. पनि अन्तिम चरण प्रवेश गर्न सफल भए ।

यसैगरि ८० केजी माथिको हेभी वेटमा शंखमुल हेल्थका अमर डङ्गोल, कम्पिल्टि हेल्थक्लबका अनोज मास्के, फिटनेश स्टुडियोका दिपेश श्रेष्ठ, नेपाल ब्यायाम मनिदरका मिलन विक्रम सिजापती र ग्रिस महर्जन तथा मस्कुलिन जिमका सौरभ कुमार गिरी पनि अन्तिम चरण प्रवेश गरे ।

शुक्रबार भएको प्रिजजिङ्ग चरणबाट आआफ्ना प्रतिद्वन्दिलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरु अन्तिम चरणका लागि छनोट भएका हुन् । अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हात पार्ने खेलाडीहरुले धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

धर्मश्री बिजेताले नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पााचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् ।

२०४२ सालमा १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।