0 COMMENTS

कैलाली१९असाेज०७५/  घोडाघोडी नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा तोडफोड भएकाे छ । रकम भुक्तानीको विषयलाई लिएर साेही नगरपालिकाका वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

तोडफोडबाट नगरप्रमुख कार्यालयको ढोकाको सिसा फुट्नका साथै सामान्य क्षति भएकाे छ । रकमकाे विषयलार्इ लिएर विवाद बढेपछि ताेडफाेड भएकाे बताइएकाे छ । नगरपालिकाभित्र रहेका छाडा घरपालुवा पशु व्यवस्थापनबापतको करिव ६ लाख रुपैयाँ निकासा नभएपछि वडाध्यक्ष ताेडफाेडमा उत्रिएकाे बताइएकाे छ । काम सम्पन्न भैसक्दा पनि भुक्तानी नपाएपछि वडाध्यक्ष बोगटीले तोडफोड गरेको स्थानीयवासीकाे भनाइ छ ।

नगर प्रमुखले चौपाया व्यवस्थापनका लागि छुट्ट्याइएको रकमकाे भुक्तानी गर्न भनिएकाे चेकको मितिमा २०७५ को ठाउँमा २०७३ लेखिएको देखेपछि आक्रोशित वडाध्यक्ष बोगटीले प्रमुखकाे कार्यकक्षको ढोका फुटाएका हुन् । घटनापछि निकालिएकाे विज्ञप्तिमा ढोका जोडले तान्दा सिसा चर्केको र फुट्न गएको वडाध्यक्ष बाेगडीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।