0 COMMENTS

काठमाण्डाै१९असाेज०७५/तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो।

नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरीवाना तिराउने फैसला गरेको थियो।

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले २०७३ जेठमा पूर्व बैंकर कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई जेल र जरिवानाको सजाय सुनाएको छ ।६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रि अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो। सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली फरार थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।