0 COMMENTS

काठमाडौं१८, असोज ०७५/ वागमती अञ्चलमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएको छ । कानुनी अड्चनका कारण नयाँ मोटरसाइकल दर्ता प्रक्रिया दुई दिनदेखि बन्द भएको छ।

मोटरसाइकल दर्ता बा ९९ प ९९९९ सम्म पुगेपछि अब कुन आधारमा नयाँ मोटरसाइकल दर्ता गर्ने भन्ने बारे स्पष्ट कानुनी प्रावधान नहुँदा नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएको यातायाता व्यवस्था विभागले जानकारी दिएको छ।

विभागका अनुसार यातायात व्यवस्था नियमावलीमा दुई अंक सम्म मात्रै राखेर सवारी दर्ता गरिने प्रावधान छ। यो व्यवस्था परिवर्तन नभएसम्म नयाँ मोटरसाइकमा तीन अंक राखेर अर्थात १०० अंक राखेर दर्ता गर्न सकिदैन। प्रवक्ता गोकर्ण उपाध्यायले नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेको बताए। उनले अव बस्ने बैठकले संशोधन प्रस्ताव पारित गर्न सक्ने बताए। संशोधन प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिबाट पास भैसकेको र अब बस्ने मन्त्रिपरिषदले उक्त प्रस्ताव पास गरेपछि राजपत्रमा प्रकाशित भै संशोधित नियमावली लागु हुने उपाध्यायले जानकारी दिए।

मन्त्रिपरिषदको अर्को बैठक असोज २१ गते बस्ने कार्यतालिका रहेको छ। सम्भवतः सोहि बैठकबाट नियमावलीमा संशोधन हुन सक्ने बताइएको छ । तर अझै यसबारे स्पष्ट जानकारी आइनसकेको विभागमा प्रवक्ता उपाध्यायले बताए। उनले बागमतीमा मात्रै १० लाख मोटरसाइकल दर्ता भएका बताए।

यता नयाँ मोटरसाइकल दर्ता प्रक्रिया रोकिएपछि चाडपर्वमा मोटरसाइकल किन्ने तयारी गरेका ग्राहक अन्यौलमा परेका छन् भने व्यापारीहरु समेत मर्कामा परेका छन्। दशैंलाई लक्षित गर्दै नयाँ गाडी किन्ने ग्राहक बढ्ने गरेकोमा विभाग र सरकारी पक्षको कमजोरीका कारण आफु र ग्राहकहरु समस्यामा परेको व्यापारीहरु बताउँछन् । नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।