0 COMMENTS

समाजकाे अावाज, धरान१८असाेज / सुनसरीको धरानमा ७० प्रतिशत फार्मेसी भाडाको लाइसेन्सले संचालन भैरहेको छ । फार्मेसी पढेको समन्धित प्रमाणपत्र र दर्तावाला औषधि व्यावसायी फार्मेसीमा बसि औषधि बिक्रीवितरण गर्नु पर्ने ऐनमा ब्यावस्था भए पनि धरानमा खोलिएको अधिकांश फार्मेसी अरुको लाइसेन्स भाडामा लिएर संचालन हुने गरेको पाइएको छ ।

धरान स्थित  बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान गेट अगाडि खोलिएको धेरै फार्मेसीहरुले अरुको लाइसेन्सबाट औषधि बिक्रीवितरण गरिरहेको स्वयं औषधि ब्यावसायिहरु बताउछन् । भाडाको लाइसेन्सले संचालन भएको कतिपय औषधि पसलमा फार्मेसी नपढेको पसल कुरुवा र सिमए, अनमी, एचए पढेका ब्याक्तीले खुलेआम औषधि बिक्रीवितरण गरिरहेको छन । नियमकारी निकायले अनुगमन गर्न नसक्दा औषधि व्यावसायमा यस्तो बेथिति हुने गरेको स्वयं औषधि व्यावसायीहरुकाे भनाइ छ । बिरामीहरुलाई फार्मेसी तथा मेडिकलले नक्कली डाक्टर बनेर ठगी गरिरहेको धरानका स्थानीयहरु बताउछन् । कतिपयले फार्मेसीमा बिरामी भर्ना गरेर समेत उपचार गर्ने गरेका छन ।

धरानका धेरै मेडिकल फार्मेसीले चेकजाँचको लागि क्लिनिक पनि संचालन गर्ने गरेको छन । यसरी संचालन भएको धेरै क्लिनिकमा कहिकतै सिएमएले बिरामी जाँच गर्ने गरेता पनि क्लिनिक समेत दर्ता बिना नै संचालन भैरहेको छ ।  स्थानीय सरकार नियमनकारी निकाय र सरोकारवालाहरु स्वास्थ्य क्षेत्र प्रति सचेत नभएको कारण औषधि व्यावसायीले मनोमानी ढंगले औषधि बिक्रीवितरण गर्दा सर्वसाधारण ठगिने गरेको स्थानीयहरु बताउछन् ।  नियमनकारी निकायले फार्मेसी अनुगमन नगरि मुकदर्शक बनेर हेरिरहेको उनीहरुको आरोप छ ।

केही औषधिहरु त नेपालमा बिक्रीवितरण गर्न प्रतिवन्ध गरिएको अाैषधिहरू पनी बेचीदै अाएकाे भेटीएकाे छ । त्यस्ता औषधिहरु समेत धरानमा रहेका फार्मेसीहरुले खुलेआम बेचिरहेका छन  अनुगमन गर्नेहरु के गर्दैछन ? सर्वसाधारणले गुनासो गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।