0 COMMENTS

काठमाडौं१८, असोज०७५/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुन तस्करीको अनुसन्धान अझै नटुंगिएको बताइरहेका बेला प्रहरीकै सेटिङमा हवाईमार्ग र स्थलमार्गहुँदै सुन तस्करी भइरहेको छ । रसुवाको केरुङ नाकाबाट भित्रिएको अवैध पाँच किलो सुनसहित महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार बालाजुबाट एक भरियालाई पक्राउ ग¥यो । रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले सुन बोकेर काठमाडौं आएका थिए ।

सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो । पछिल्लो समय केरुङ नाकाबाट सुन तस्करी बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले केही दिन अघिमात्र टोखाबाट बरामद् तीन किलो र चितवनबाट बरामद् दुई किलो सुन पनि केरुङ नाकाबाट भित्रिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

रसुवा प्रहरी प्रमुखमा डिएसपी सन्तोष तामाङ गएसँगै केरुङबाट सुन तस्करी बढेको छ । सुन तस्करहरुसँग हिमचिम बढाएका डिएसपी तामाङले नै सुन तस्करहरुसँग सेटिङ मिलाएको हुन सक्ने स्रोतको दावी छ । बालाजु बृत्तमा प्रमुख छँदा डिएसपी तामाङको खराव व्यक्तिहरुसँग संगत थियो । बालुवा तस्करदेखि सुन तस्करसम्म उनको उठबस रहेकोमा पुरानै तस्कर समूहलाई उनले संरक्षण गरि तस्करी गर्न छुट दिएको स्रोत बताउँछ ।

यसअघि सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो । ३८ क्विन्टल सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्नुको साटो पक्राउ परेकाहरु समेत धमाधम छुट्न थालेपछि संगठित सुन तस्करीका गिरोहमा मनोवल बढ्न थालेको छ । युनाइटेड पोष्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।