सत्यम शिवम सुन्दरम ‘याे पथ सनातन हाे। समस्त देवता तथा मनुष्यहरू यही मार्गबाट पैदा भएका हुन् र उनीहरूले यसै मार्गबाट प्रगति गरेका हुन्। हे मनुष्यहरू तपार्इँहरू स्वयं उत्पन्न हुने आधाररूपा अाफ्नी मातालार्इ विनष्ट नगर्नुहाेस्।’- (ऋग्वेद-३-१८-१)
सनातनकाे अर्थ हाे जुन शाश्वत छ र सधैंका सत्य छ। जुन कुराहरूकाे शाश्वत महत्व छ त्यही सनातन हाे भनिएकाे छ। जस्तै सत्य सनातन छ। ईश्वर नै सत्य हाे, आत्मा नै सत्य हाे, मोक्ष नै सत्य हाे र यस सत्यकाे मार्गलार्इ देखाउने धर्म नै सनातन धर्म पनि सत्य हाे। याे यस्ताे सत्य हाे जुन अनादि कालबाट चल्दै अाइरहेकाे छ र यसकाे कहिल्यै पनि अन्त हुँदैन त्यही नै सनातन वा शाश्वत हाे। जसकाे न प्रारम्भ छ र जसकाे न अन्त छ त्यस सत्यलार्इ नै सनातन भनिन्छ। यही सनातन धर्मकाे सत्य हाे।
त्यसैले वैदिक वा हिन्दू धर्मलार्इ सनातन धर्म भनिन्छ किनभने, यही एक मात्र धर्म हाे जुन ईश्वर, आत्मा र मोक्षलार्इ तत्व र ध्यानबाट जान्ने मार्ग वा बाटाे देखाउँछ। मोक्षकाे अवधारणा वा कन्सेप्ट यसै धर्मकाे देन हाे। एकनिष्ठता, ध्यान, मौन र तप सहित यम-नियमकाे अभ्यास र जागरण नै मोक्षका मार्ग हुन् अन्य कुनै मोक्षका मार्ग छैन। मोक्षबाट नै आत्मज्ञान र ईश्वरकाे ज्ञान हुनेछ। यही सनातन धर्मकाे सत्य हाे।
सनातन धर्मका मूल तत्व सत्य, अहिंसा, दया, क्षमा, दान, जप, तप, यम-नियम आदि हुन् जसकाे शाश्वत महत्व छ। अन्य प्रमुख धर्महरूकाे उदय पूर्व नै वेदमा यी सिद्धान्तहरूकाे प्रतिपादन भइसकेकाे थियाे।
।।ॐ।।असतो मा सदगमय, तमसो मा ज्योर्तिगमय, मृत्योर्मा अमृतं गमय।।- वृहदारण्य उपनिषद
भावार्थ : अर्थात हे ईश्वर मलार्इ असत्यबाट सत्यतिर लैजानुहाेस्, अन्धकारबाट प्रकाशतिर लैजानुहाेस्। मृत्युबाट अमरतातिर लेजानुहाेस्।
जुन मानिसहरू त्यस परम तत्व परब्रह्म परमेश्वरलार्इ मान्दैनन् वास्तवमा तिनीहरू असत्यकाे दलदलमा भासिन्छन्। तिनीहरू असत्यबाट मृत्युकालमा अनन्त अन्धकारमा जाकिन्छन्। उनीहरूकाे जीवनकाे गाथा भ्रम र भटकावकाे गाथा सिद्ध हुनेछ। उनीहरू कहिल्यै अमृत्व वा अमरत्व प्राप्त गर्न सक्दैनन्। मृत्यु आउनुभन्दा पहिले नै सनातन धर्मकाे सत्य मार्गमा अाउनुमा नै मानव मात्रकाे भलाइ छ। अन्यथा अनन्त योनीहरूमा भाैतारिएपछि प्रलयकालकाे अन्धकारमा परिरहनु पर्दछ।
।।ॐ।। पूर्णमद: पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।- ईश उपनिषद
भावार्थ : सत्य दुर्इ धातुहरू मिलेर बनेकाे छ सत् र तत्। सत् काे अर्थ याे र तत् काे अर्थ त्याे। दुबै नै सत्य हुन्। अहं ब्रह्मास्मी र तत्वमसि। अर्थात म नै ब्रह्म हुँ र तिमी नै ब्रह्म हाै। याे सम्पूर्ण जगत ब्रह्ममय छ। ब्रह्म पूर्ण छ। याे जगत् पनि पूर्ण छ। पूर्ण जगतकाे उत्पत्ति पूर्ण ब्रह्मबाट भएकाे हाे। पूर्ण ब्रह्मबाट पूर्ण जगतकाे उत्पत्ति हुँदा पनि ब्रह्मकाे पूर्णतामा कुनै न्यूनता अाउँदैन। त्याे शेष रूपमा पनि पूर्ण नै रहन्छ । यही सनातन सत्य हाे।
जुन तत्व सदा, सर्वदा, निर्लेप, निरञ्जन, निर्विकार र सदैव स्वरूपमा अवस्थित रहन्छ त्यसलार्इ सनातन वा शाश्वत सत्य भनिन्छ। वेदकाे ब्रह्म र गीताकाे स्थितप्रज्ञ नै शाश्वत सत्य हुन्। जड, प्राण, मन, आत्मा र ब्रह्म शाश्वत सत्यका श्रेणीमा अाउँछन्। सृष्टि तथा ईश्वर (ब्रह्म) अनादि, अनन्त, सनातन र सर्वविभु छन्।
जड पाँच तत्वबाट दृश्यमान छ- आकाश, वायु, जल, अग्नि र पृथ्वी। यी सबै शाश्वत सत्यका श्रेणीमा आउँछन्। यिनीहरू अाफ्नाे रूप बदलिरहन्छन् किन्तु समाप्त हुँदैनन्। प्राणका पनि अाफ्ना अवस्थाहरू छन्: प्राण, अपान, समान र यम। त्यसै गरी आत्माका अवस्थाहरू यस प्रकार छन् : जाग्रत, स्वप्न, सुसुप्ति र तुर्या। ज्ञानी मानिसहरू ब्रह्मलार्इ निर्गुण र सगुण भन्दछन्। उक्त सारा भेद तबसम्म विद्यमान रहन्छन् जबसम्म आत्माले मोक्ष प्राप्त गर्दैन। यही सनातन धर्मकाे सत्य हाे।
ब्रह्म महाआकाश हाे भने आत्मा घटाकाश हाे ।आत्माकाे मोक्ष परायण हुन जानु नै ब्रह्ममा लीन हुन जानु हाे । त्यसैले के भनिन्छ भने ब्रह्म सत्य हाे जगत मिथ्या हाे यही सनातन सत्य हाे। र यस शाश्वत सत्यलार्इ जान्ने वा मान्नेहरू नै सनातनी कहलाउँछन्।
हिन्दुत्व : एकातिर इरानी अर्थात पारस्य देशका पारसीहरूकाे धर्म पुस्तक ‘अवेस्ता’ मा ‘हिन्दू’ र ‘आर्य’ शब्दकाे उल्लेख भएकाे पाइन्छ भने अर्कातिर अन्य इतिहासकारहरूकाे मान्यता के छ भने चिनियाँ यात्री हुएन सांगकाे समयमा हिन्दू शब्दकाे उत्पत्ति इन्दुबाट भएकाे हाे। इन्दु शब्द चन्द्रमाकाे पर्यायवाची शब्द हाे। भारतीय ज्योतिषीय गणनाकाे आधार चन्द्रमास नै हाे। अत: चीनका मानिसहरू भारतीयहरूलार्इ ‘इन्तु’ या ‘हिन्दू’ भन्न थाले। केही विद्वानहरू के भन्छन् भने हिमालयबाट हिन्दू शब्दकाे उत्पत्ति भएकाे हाे। हिन्दू कुश पर्वत यसकाे उदाहरण हाे। हिन्दू शब्द कुनै अपभ्रंश शब्द हाेइन अन्यथा सिन्धु नदीलार्इ पनि हिन्दू नदी नै भनिन्थ्याे।
आर्यत्व : आर्य समाजका मानिसहरू यसलार्इ आर्य धर्म भन्दछन्, जबकि आर्य कुनै जाति वा धर्म विशेषकाे नाम नभएर यसकाे अर्थ त केवल श्रेष्ठ नै मानिन्छ। अर्थात जुन मन, वचन र कर्मले श्रेष्ठ छ त्यही नै आर्य हाे। बौद्ध धर्मका चार आर्य सत्यकाे अर्थ चार श्रेष्ठ सत्य नै हुन अाउँछ। बुद्धले के भनेका छन् भने उक्त श्रेष्ठ तथा शाश्वत सत्यलार्इ जानेर आष्टांगिक मार्गकाे अनुसरण गर्नु नै ‘एस धम्मो सनंतनो’ अर्थात यही हाे सनातन धर्म हाे।
यस प्रकार आर्य धर्मकाे अर्थ श्रेष्ठ समाजकाे धर्म नै हाे भन्ने कुरा बुझिन अाउँछ। प्राचीन भारतलार्इ आर्यावर्त पनि भनिन्थ्याे र यसकाे तात्पर्य श्रेष्ठ जनहरू निवास गर्ने भूमि हाे।
सनातन मार्ग : विज्ञानले प्रत्येक वस्तु, विचार र तत्वकाे मूल्यांकन गर्ने सिलसिलामा धर्मका अनेक विश्वास र सिद्धान्त धराशायी हुन जान्छन्। विज्ञानले पनि सनातन सत्यलार्इ पत्ता लगाउने दिशामा सफल भएकाे छैन तर वेदान्तमा उल्लिखित जुन सनातन सत्यकाे महिमाकाे वर्णन गरिएकाे छ विज्ञान बिस्तारै-बिस्तारै धीमा गतिमा त्यस सत्यसँग सहमत भइरहेकाे देखिन्छ।
हाम्रा ऋषि-मुनिहरूले ध्यान र मोक्षकाे गहिराे अवस्थामा ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलार्इ जानेर त्यसलार्इ स्पष्ट ढंगमा व्यक्त गरेका छन्। वेदमा नै सर्वप्रथम ब्रह्म र ब्रह्माण्डकाे रहस्यबाट पर्दा हटाएर ‘मोक्ष’काे धारणालार्इ प्रतिपादित गरी तयसकाे महत्वमाथि प्रकाश पारिएकाे थियाे। मोक्ष बिना आत्माकाे कुनै कोई गति छैन त्यसैले ऋषिहरूले मोक्षकाे मार्गलार्इ नै सनातन मार्ग मानेका छन्।
मोक्षकाे मार्ग : धर्म, अर्थ, काम, मोक्षमा मोक्ष अन्तिम लक्ष्य हाे। यम, नियम, अभ्यास र जागरणबाट नै मोक्ष मार्ग पुष्ट हुने गर्छ। जन्म र मृत्यु मिथ्या हुन्। जगत भ्रमपूर्ण छ। ब्रह्म र मोक्ष नै सत्य हुन्। मोक्षबाट नै ब्रह्म हुन सकिन्छ । यसका अलावा स्वयंकाे अस्तित्वलार्इ कायम राख्ने कुनै उपाय छैन। ब्रह्मप्रति नै समर्पित रहनेहरूलार्इ ब्राह्मण र ब्रह्मलार्इ जान्नेलार्इ ब्रह्मर्षि अनि ब्रह्मलार्इ बुझेर ब्रह्ममय हुन जानेहरूलार्इ नै ब्रह्मलीन भनिन्छ।
विरोधाभासी छैन सनातन धर्म :
सनातन धर्मकाे सत्यलार्इ जन्म दिनेहरू भनेका अलग-अलग कालखण्डका अनेक ऋषिमुनिहरू नै हुन्। उक्त ऋषिहरूलार्इ दृष्टा भनिन्छ। अर्थात जसले सत्यलार्इ जस्ताे देखे, त्यस्तै भने। त्यसैले सबै ऋषिहरूका कुरामा एकरूपता पाइन्छ। जसले उक्त ऋषिहरूका कुरालार्इ बुझ्न सक्दैनन् तिनीहरू नै त्यसमा भेद गर्दछन्। भेद भाषाहरूमा हुन्छ, अनुवादकहरूमा हुन्छ, संस्कृतिहरूमा हुन्छ, परम्पराहरूमा हुन्छ, सिद्धान्तहरूमा हुन्छ, तर सत्यमा हुँदैन।
वेद भन्दछ ईश्वर अजन्मा छ। त्यसलार्इ जन्म लिनुपर्ने आवश्यकता छैन, त्यसैले कहिल्यै जन्म लिएकाे छैन र त्यसले कहिल्यै जन्म लिने छैन। ईश्वर त एक नै छ तर देवी-देवता वा भगवान अनेक छन्। त्याे एकलार्इ छोडेर उक्त अनेकका आधारमा नियम, पूजा, तीर्थ आदि कर्मकाण्डलार्इ सनातन धर्मका अंग मानिदेँन। यही सनातन सत्य हाे। वेबदुनियाबाट नेपालीमा भावानुवाद