0 COMMENTS

सोलुखुम्बु १७असाेज०७५/ प्रहरी महानिरिक्षिक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा प्रहरीको त्रुटि भएको स्विकार गरेका छन् । मंगलवार रिपोर्टर्स क्लब नेपाल सोलुखुम्बु शाखाले सदरमुकाम सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा महानिरिक्षक खनालले त्रुटि गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताए ।

नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने उनले बताए । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषी पत्ता लगाउन समस्या भएको भन्दै उनले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गरे । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरिक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यक्ता औँल्याए । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।