0 COMMENTS

मिलन चाम्लिङ१६असाेज०७५ / धरान आदिवासी राजधामीहरुको महान चाड जितिया पर्व मनाउदै  “हाम्रो परम्परा हाम्रो सस्कृती” भन्ने मुल नाराको साथ नेपाल राजधामि उत्थान मञ्चको चौथो राष्ट्रिय महाधिवेशन बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जरामा सुरु भएको छ । जितिया पर्वमा बिशेष जितिया सास्कृतिक महोत्सव आयोजना गरि खुल्ला सत्र सुरु भएको थियो । खुल्ला सत्र प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाललाई पाँच बुदे माग सहित नेपाल राजधामी उत्थान मञ्चको महासचिव पुस्प नारायण राजधामिले ज्ञापनपत्रसमेत बुझाएको छ ।

ज्ञापनपत्रमा निम्न मागहरू समेटेको छ । > राजधामीहरुलाई जनजातिमा सुचिकृत गर । > राजधामी जातिको पहिचान देउ ।

> राज्यको स्रोत साधन माथी समान पहुँच देउ । > हाम्रो लोकतन्त्र हाम्रो अधिकार ग्यारेन्टी गर । > हाम्रो शान्तिपूर्ण आन्दोलन जारी छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले राजधामीको माग जायज रहेको र नगरपालिकाको तर्फबाट राजधामिलाई  गर्नु पर्ने सहयोग सधैभ रहने बताएका छन । जितिया पर्वमा राजधामीहरुको विभिन्न झाकीहरु प्रस्तुत गरेको थिए । आदिवासी राजधामीहरु नेपालको पाँच जिल्ला सुनसरी,उदयपुर,मोरङ,झापा सिराहा र सप्तरीमा बसोबास गर्दै आएको र करिब दुई लाख पच्चीस हजारको हाराहारीमा जनसंख्या रहेको नेपाल राजधामी उत्थान मञ्चको केन्द्रिय सचीव इन्द्र नारायण राजधामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।