0 COMMENTS

मिलन चाम्लिङ,धरान१६असाेज०७५/धरान नेपाल आइडलको दोस्रो सस्करणमा धरानका चेली धरान ९ का हिना मल्ल बराइली यति बेला टप ११ मा प्रवेश गरेको छन । प्रबेश गरेसंगै भोटिङ गरेर धरानको चेलीलाई नेपाल आइडल बनाउन आर्थिक सहयोग जुट्न सुरु भएको छ ।

बराइलीको आमा रिता बराइलीले एक कार्यक्रम बिच अत्यधिक भोट गरेर नेपाल आइडल दोस्रो संस्करण बनाउन अपिल गरेको बेलामा  धरान उपमहानगरपालिका वडा नं ९ का वडाध्यक्ष रत्न कट्वालबाट नगद पाँच हजार त्यसैगरि परियार सेवा समाज सुनसरी जिल्ला अध्यक्ष खगेन्द्र नेपाली पाँच हजार र गायक डिल्ली फुम्बाबाट नगद तिन हजार गरि तेह्र हजार आर्थिक सहयोग जुट्न थालेको हो ।

बराइली एक सामन्य परिवारको बराइलिका आमा बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सामन्य कर्मचारी हुन । हिना मल्ल बराइलीलाई जिताऔ अभियान समिति तत्काल गठन गरेर लागि पर्ने वडाध्यक्ष रत्न कट्वालले बताए । त्यसैगरी हिनालाई सहयोगको लागि जिराइ क्रीएसन, धरान रन,सेवक अभियानले पनि सहयोग गर्ने भएको छ । हिना मल्ल बराइलीलाई भोट गर्नको लागि मेसेज   बक्समा गएर बराइलीको भोटिङ कोड 04 टाइप गरेर ३१००९ मा सेन्ड गर्नु पर्ने छ भने नेपाल बाहिर नेपाल आइडलको अप्स डाउनलोड गरेर भोटिङ गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।