0 COMMENTS

काठमाडौं१५असाेज०७५ / गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो। तर, प्रमाणहरू प्रहरी संरक्षणमा सुरूदेखि नै एकपछि अर्को गर्दै नष्ट गरिएका छन्।

पछिल्लो डीएनए परीक्षण पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएन, प्रहरीकै विधि विज्ञान प्रयोगशालामा गरियो। निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा भने नेगेटिभ आएको छ।

विकसित मुलुकले सही निर्णयमा पुग्न एकभन्दा बढी मान्यताप्राप्त प्रयोगशालामा डीएनए परीक्षण गराउने प्रचलन छ।अधिवक्ता केदार दाहालले पनि निर्मला बलात्कारपछि हत्या घटनामा प्रहरीको प्रयोगशालाभन्दा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरेकाे भए उपयुक्त हुने बताएकाे खबर अाजकाे अन्नपूर्ण पाेस्टमा छ।

उनी भन्छन्, ‘वातावरणीय प्रभावले पनि डीएनएको गुण कोल्याप्स हुन्छ। डीएनए संकलनका प्रक्रियामा चाहिने विशेष खालको बक्स छैन भन्ने सुनेको छु। प्रहरी नै मुछिएको घटनामा प्रहरीले स्वतन्त्र ढंगले गहिरोसँग परीक्षण गर्न सक्यो–सकेन भन्ने प्रश्न उठ्छ।’

अपराधिक घटनामा प्रहरीको संलग्नता हुन सक्ने सम्भावना रहेकाले अस्ट्रेलियामा कानुन मन्त्रालयअन्तर्गत विधि विज्ञान प्रयोगशाला राखिएको छ। प्रहरी नै मुछिएको मुद्दामा स्वतन्त्र हैसियतको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्नुपर्ने दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।