0 COMMENTS
 
प्रतिभा भट्टरार्इ ,काठमाण्डाै१५असाेज०७५/ आधुनिक डेरी प्रोडक्ट बालाजुका सञ्चालक इन्द्रबहादुर बस्नेतले आफ्नो व्यवसाय सञ्चालनका अनुभव हरू संगालेर लेखिएको पुस्तक “हिँडेको गोरेटो” नामक पुस्तककाे आइतबार घोस्ट राईटिङ नेपाल (लेखन कुञ्ज) को आयोजनामा एक समारोह बीच विमोचन गरे ।
           
मन्त्री परिषद का पूर्व अध्यक्ष एवम् पूर्व प्रधान न्यायाधीस खिलराज रेग्मी  काे प्रमुख आतिथ्य तथा स्वामी विकासानन्द काे विशेष आतिथ्य रहेको उक्त कार्यक्रममा सम्पादक श्रीधर न्यौपाने ले पुस्तकको समीक्षा गर्नुभएको थियो भने घोस्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले स्वागत मन्तव्य र पूर्व मन्त्री विक्रम बहादुर थापा तथा दुग्ध व्यवसाय संघ का अधक्ष्य अरनिको राज भण्डारीले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
               
 कार्यक्रममा स्वामी विकासानन्द ले काम नपाएका मानिसहरू नै सौभाग्यशाली हुन् जसले अरू को मातहतमा बसि काम गर्नु पर्दैन र आफ्नै बल बुद्धि ले नयाँ काम सुरु गरी सर्जक बन्न सक्छ भन्दै हरेक व्यक्ति लेआफ्नै विवेक प्रयोग गरी स्वनाम धन्य बन्न सक्ने सुझाव दिँदै दुग्ध व्यवसाय लाई पनि अर्ग्यानिक बनाउनु पर्ने इच्छा जाहेर गर्नुभयो भने प्रमुख अतिथि खिलराज रेग्मी  ले लेखक इन्द्र बहादुर बस्नेत  काे कार्य सञ्चालनमा आइपरेका अप्ठेरा परिस्थिति हरुको वर्णन गर्दै पुस्तक पठनीय रहेकाे कुरा पनि बताउनु भयो।
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।