योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिकहरूलार्इ, पश्चात् विवस्वान (सूर्य) लार्इ दिइयाे। पछि गएर याे दुर्इ शाखाहरूमा विभक्त भयाे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुरि, वोढु र पच्चंशिख नारद-शुकादिले सुरू गरेका थिए। याे ब्रह्मयोग मानिसहरू बीचमा ज्ञान, अध्यात्म र सांख्य योग नामले प्रसिद्ध भयाे।
उता कर्मयोगकाे परम्परा भने विवस्वानले सुरू गरेका हुन्। विवस्वानले मनुलार्इ, मनुले इक्ष्वाकुलार्इ, इक्ष्वाकुले राजर्षिहरू एवं प्रजाहरूलार्इ योगकाे उपदेश दिए। यी सबैकाे वृतान्त वेद र पुराणहरूमा उल्लेख गरिएकाे पाइन्छ। वेदलार्इ संसारकाे प्रथम पुस्तक मानिन्छ जसकाे उत्पत्ति काल लगभग १०००० वर्ष पूर्व मानिएकाे छ। पुरातत्ववेत्ताहरूका अनुसार योगकाे उत्पत्ति ५००० ई.पू. मा भएकाे हाे। गुरु-शिष्य परम्पराद्वारा योगकाे ज्ञान परम्परागत रूपमा एक पुस्ताबाट दाेस्राे पुस्ता हुँदै चल्दै अायाे ।
भारतीय योग जानकारहरूका अनुसार योगकाे उत्पत्ति भारतमा लगभग ५००० वर्षभन्दा पनि अगाडि नै भएकाे हाे। योगका सम्बन्धमा सबभन्दा आश्चर्यजनक खोज सन् १९२० काे सुरूवातमा भयाे। १९२० मा पुरातत्व वैज्ञानिकहरूले ‘सिन्धु सरस्वती सभ्यता’ लार्इ खोजेका थिए जसमा प्राचीन हिन्दू धर्म र योगकाे परम्परा भएकाे प्रमाण पाइन्छ। सिन्धु उपत्यकाकाे सभ्यतालार्इ ३३००-१७०० बी.सी.ई. पुरानाे मानिएकाे छ।
योग ग्रन्थ याेग सूत्र (Yoga Sutras Books) : वेद, उपनिषद्, भगवद गीता, हठ योग प्रदीपिका, योग दर्शन, शिव संहिता र विभिन्न तन्त्र ग्रन्थहरूमा योग विद्याकाे उल्लेख गरिएकाे पाइन्छ। यी सबैलार्इ आधार बनाएर महर्षि पतञ्जलिले योग सूत्र लेखे। योगमाथि लेखिएकाे सर्वप्रथम सुव्यव्यवस्थित ग्रन्थ हाे- योगसूत्र। योगसूत्रलार्इ पतञ्जलिले 200 ई.पूर्व लेखेका थिए। यस ग्रन्थमाथि हालसम्म हजाराैँ भाष्य लेखिएका छन्। केही उल्लेख्य भाष्यहरू यसप्रकार छन्ः
व्यास भाष्य: व्यास भाष्यकाे रचना काल २००-४०० ईसा पूर्व मानिएकाे पाइन्छ। महर्षि पतञजलि विरचित ग्रन्थ योगसूत्र योगका सबै विद्याहरूकाे ठीक-ठीक संग्रह मानिन्छ। यसै रचनामाथि व्यासजीकाे ‘व्यास भाष्य’ लार्इ योगसूत्रमाथि लेखिएकाे प्रथम प्रामाणिक भाष्य मानिन्छ। व्यासद्वारा महर्षि पतञ्जलिकाे योगसूत्रमाथि दिइएकाे विस्तृत तर सुव्यवस्थित व्याख्या गरिएकाे पुस्तक हाे व्यास भाष्य।
तत्त्ववैशारदी : पतञ्जलि योगसूत्रकाे व्यास भाष्यकाे प्रामाणिक व्याख्याकारका रूपमा वाचस्पति मिश्रकाे ‘तत्त्ववैशारदी’ प्रमुख ग्रन्थ मानिन्छ। वाचस्पति मिश्रले योगसूत्र एवं व्यास भाष्य दुबैमाथि नै अाफ्नाे व्याख्या दिएका छन्। तत्त्ववैशारदीकाे रचना काल 841 ईसा पश्चात मानिएकाे छ।
योगवार्तिक : विज्ञानभिक्षुकाे समय विद्वानहरूले १६अाैं शताब्दीकाे मध्यतिर मानेका छन्। योगसूत्रमाथि महत्वपूर्ण व्याख्या विज्ञानभिक्षुकाे नै प्राप्त भएकाे छ र त्यसकाे नाम ‘योगवार्तिक’ हाे।
भोजवृत्ति : भोजकाे राज्यकाे समय १०७५-१११० विक्रम संवत मानिएकाे छ। धरेश्वर भोजका नामबाट प्रसिद्ध व्यक्तिले योगसूत्रमाथि जुन ‘भोजवृत्ति नामक ग्रन्थ लेखेका छन् त्याे भोजवृत्ति योगविद्वजनहरू बीच समादरणीय एवं प्रसिद्ध मानिन्छ। केही इतिहासकार यसलार्इ १६अाैँ शताब्दीकाे ग्रन्थ मान्छन्।
सरल नेपाली भाषामा याेग विद्यालार्इ चिनार्इ सनातन धर्म संस्कृतिमाथि अाम जनमानसकाे ध्यान अाकृष्ट गराउने उत्कट अभिलाषाले याे अालेख हामीले भारतीय अनलाइन मिडिया वेब दुनियाँबाट नेपालीमा भाषानुवाद गरी यहाँसमक्ष प्रस्तुत गरिएकाे छ । अाशा छ, यसबाट सनातन धर्म दर्शन थप महिमामण्डित हुनेछ ।