0 COMMENTS
तस्विर : मोहन जोडादो / एपिएफ

 अनिरुद्ध जोशी ‘शतायु’,हामीले धेरै पहिलेदेखि नै सुन्दै अाएकाे सिन्धु उपत्यका वा सिन्धु घाटीकाे सभ्यताका बारेमा अाज हामी विस्तृत रूपमा प्रकाश पार्न गइरहेका छाैँ । सिन्धु उपत्यकाकाे सभ्यता भन्ने बित्तिकै हडप्पा र माेहनजाेदाडाे दुर्इ सभ्यताहरू प्रमुख रूपमा अाउँछन् । दुबैकाे समान अवस्था, समान भाैगाेलिक र सांस्कृतिक वस्तुस्थिति अनि भाैगाेलिक निकटताले पनि सिन्धु उपत्यकाकाे सभ्यताकाे अध्ययन गर्दा जुन सभ्यताकाे अवलाेकन गरे पनि समान निचाेड निस्कन्छ । जसअन्तर्गत माेहनजदाडाे सभ्यताकाे विषयमा अाज हामी सविस्तार चर्चा गर्न गइरहेका छाैँ । आखिर याे मोहनजोदाडाे के हाे, कहाँ छ याे र यसकाे प्राचीनताकाे के प्रमाण छ ? मोहनजोदाडाेलार्इ किन संसारकाे सबैभन्दा रहस्यमय सभ्यता मानिन्छ ? र मुख्य रूपमा याे सभ्यताकाे अन्त्य कसरी भयाे यस विषयमा अाउनुहाेस् सविस्तार जान्ने काेसिस गराैँः

खासमा मोहनजोदाडाे नामक स्थानलार्इ मृत्युकाे थप्राे भनिन्छ। तर किन ? त्यसैले मोहनजोदाडाेसँग संबंधित १० विशेषताहरू जुन थाहा पाएपछि तपार्इं अाश्चर्यचकित मात्र हुनुहुने मात्र छैन अपितु तपार्इंलार्इ अाफू स्वयंमाथि पनि गर्व हुनेछ ।

के हाे मोहनजोदाड़ो :मोहनजोदाडाे सिन्धी भाषाकाे शब्द हाे जसकाे अर्थ हुन्छ ‘मुर्दाहरूकाे थुप्राे। यसलार्इ ‘मुअन जो दड़ो’ पनि भनिन्छ। चार्ल्स म्यासनले सर्वप्रथम हडप्पाकाे विशाल थुप्राहरूतिर ध्यान आकृष्ट गरेका थिए। मोहनजोदाडाे सिन्धु घाटी(उपत्यका) सभ्यताकाे एक नगर हाे जुन विशालकाय थुप्राहरूले भरिएकाे छ । याे नगर सिन्धु घाटी(उपत्यका) काे प्रमुख नगर हडप्पा अन्तर्गत आउँछ। सिन्धु नदी किनाराका दुर्इ स्थानहरू हडप्पा र मोहनजोदडाे (पाकिस्तान) मा गरिएकाे अन्वेषणमा सबभन्दा प्राचीन र पूर्ण रूपमा विकसित नगर र सभ्यताकाे अवशेष भेटाइयाे। सर जाेन मार्शलले सिन्धु घाटी सभ्यतालार्इ ‘हडप्पा सभ्यता’काे नाम दिएका थिए जसलार्इ आद्य ऐतिहासिक युगकाे अवशेष मानिएकाे छ। यस सभ्यताकाे समकालीन सभ्यता मेसोपोटामियाकाे सभ्यता हाे।

हडप्पा र मोहनजोदडो : पाकिस्तानकाे पंजाब प्रान्तमा रहेकाे ‘माण्टगोमरी जिल्ला’ मा रावी नदीकाे बायाँ तटमा हडप्पा नामक पुरास्थल छ जबकि पाकिस्तानकाे सिन्ध प्रान्तकाे ‘लरकाना जिल्ला’ मा सिन्धु नदीकाे दाहिने किनारामा मोहनजोदडाे नामक नगर करीब ५ किमीकाे क्षेत्रमा फैलिएकाे छ। मोहनजोदेडाेलार्इ हडप्पा सभ्यताअन्तर्गत एक नगर मानिन्छ। यस सम्पूर्ण क्षेत्रलार्इ सिन्धु घाटी(उपत्यका) काे सभ्यता पनि भनिन्छ।

हिन्दू धर्म र मोहनजोदडाेकाे सम्बन्ध : हडप्पा तथा मोहनजोदडाेमा असंख्य देवीहरूकाे मूर्तिहरू प्राप्त भएकाे छ। यी मूर्तिहरूरू मातृदेवी वा प्रकृति देवीका छन्। प्राचीनकालदेखि नै मातृ वा प्रकृतिकाे पूजा अार्यहरूकाे विशेषता रहिअाएकाे हाे र आधुनिक कालमा पनि गरिरहेका छन्। यहाँ भएकाे अन्वेषणबाट प्राचिनकालमा हिन्दू धर्मकाे अवस्था के कस्ताे थियाे भन्ने कुरा थाहा पाइन्छ। सिन्धु घाटीकाे सभ्यतालार्इ संसारकाे सबैभन्दा रहस्यमयी सभ्यता मानिन्छ किनभने यस सभ्यताकाे पतनकाे कारण अहिलेसम्म प्रकाशमा अाउन सकेकाे छैन । हडप्पा (पाकिस्तान), मोहनजोदडाेे (पाकिस्तान), चन्हूदडाे, लोथल, रोपड, कालीबंगा, सूरकोटदा, आलमगीरपुर (मेरठ), बणावली (हरियाणा), धौलावीरा, अलीमुराद (सिन्ध प्रान्त), कच्छ (गुजरात), रंगपुर (गुजरात), मकरान तट (बलुचिस्तान), गुमला (अफगान-पाक सीमा) आदि क्षेत्रहरूमा सिन्धु घाटी सभ्यताका कयाैँ प्राचीन नगरहरू खाेज गरी पत्ता लगाइएकाे छ। अहिलेसम्म भारतीय उपमहाद्वीपमा यस सभ्यताका लगभग १००० स्थानहरू पत्ता लागिसकेेकाे छ। अब यसलार्इ सैन्धव सभ्यता भनिन्छ।

चार्ल्स मेसनले सन् १८४२ मा पहिलाेपटक हडप्पा सभ्यता पत्ता लगाएका थिए। यसकाे लगत्तै दयाराम साहनीले १९२१ मा हडप्पाकाे आधिकारिक खोज गरेका थिए तथा यसमा एक अन्य पुरातत्वविद माधो सरूप वत्सले उनलार्इ सहयोग गरेका थिए। यस क्रममा हडप्पामा हिन्दु धर्मसँग जाेडिएका कयाैँ विषयहरू भेटाइएकाे छ। जसम मुख्यतः पुरोहितकाे एक मूर्ति, गाेरू, नन्दी, मातृदेवी, बयलगाडा र शिवलिंग अादि छन्। १९४० मा यहाँ खन्ने क्रममा पुरातात्विक विभागका एमएस वत्सले एक शिवलिंग फेला पारेका थिए जुन लगभग ५००० वर्ष पुरानाे छ। शिवजीलार्इ पशुपतिनाथ पनि भनिन्छ।

मोहनजोदाडाेका संस्थापक काे थिए र याे सभ्यता कहिले स्थापना भयाे : अनुसन्धानबाट २६०० ईसा पूर्व अर्थात् आजभन्दा ४६१६ वर्ष पूर्व यस नगरकाे स्थापना भएकाे थियाे भन्ने कुरा खुल्न अाएकाे छ। केही इतिहासकारहरूका अनुसार यस सभ्यताकाे काल निर्धारण गर्दै लगभग २७०० ई. पू. देखि १९०० ई. पू. सम्मकाे मानेका छन् । हडप्पाकाे यस नगर मोहनजोदडाेलार्इ ‘सिन्धकाे बांग’ भनिन्छ। इतिहासकारहरूका अनुसार हडप्पा सभ्यताका संस्थापक वा निर्माता द्रविड थिए।

मोहनजोदड़ोका मानिसहरू के के जान्दथे : मोहनजोदडाेमा सुती कपडाकाे उपयोगकाे प्रमाण फेला परेकाे छ। यसबाट के थाहा हुन्छ भने उनीहरू कपासकाे खेतीका बारेमा जान्दथे। इतिहाकारहरूका अनुसार सबभन्दा पहिलाे चाेटी कपास उब्रजाउने श्रेय हडप्पावासीलार्इ नै दिइन्छ। हडप्पा सभ्यताकाे मोहनजोदडाेबाट कपडाका टुक्राका अवशेष, चाँदीकाे एक फूलदानकाे ढक्कन तथा केही अन्य तामाका वस्तुहरू पाइएकाे छ। यहाँका मानिसहरू शतरंजकाे खेल पनि जान्दथे र उनीहरू फलामकाे उपयोग पनि गर्दथे । यसबाट उनीहरू फलामका विषयमा पनि जानकार थिए भन्ने कुरा पुष्टि हुन्छ।यहाँ प्राप्त मुहरहरूलार्इ सर्वोत्तम कलाकृतिकाे दर्जा प्राप्त छ। हडप्पा नगरकाे उत्खननबाट तामाका मुहरहरू प्राप्त भएका छन्। यस क्षेत्रकाे भाषाकाे लिपि चित्रात्मक थियाे। मोहनजोदडाेबाट प्राप्त पशुपतिकाे मुहरमा हात्ती, गैंडा, बाघ र गाेरू अंकित छ। हडप्पाकाे माटाकाे भाँडामा सामान्यतः राताे रंगकाे प्रयाेग भएकाे छ। मोहनजोदडाेमा प्राप्त भएकाे विशाल स्नानागारमा पानीकाे प्रवाह राेक्नका लागि ईंटमाथि जिप्समकाे गाराेमाथि अंगारकाे पत्र राखिएकाे थियाे जसबाट उनीहरू चारकाेल याने अंगारका विषयमा जान्दथे भन्ने कुरा थाहा हुन्छ।

कसले गर्याे मोहनजोदडाेकाे खोज : मोहनजोदेडाे र हडप्पा सिन्धु घाटीकाे सबभन्दा पुरानाे र सुनियोजित नगर थियाे। दयाराम साहनी तथा माधोस्वरूप वत्सले १९२१ ई. मा हडप्पा सभ्यताकाे खोज गरेकाे थिए भने ‘मोहनजोदडाे’ काे खोज राखालदास बनर्जीले गरेका थिए। यी दुबै नगर सँगसँगै छन् ।

कस्ताे थियाे त मोहनजोदडाे नगरकाे संरचना : मोहनजोदड़ो हडप्पा सभ्यताकाे सबभन्दा प्रसिद्ध पुरास्थल हाे। मोहनजोदड़ोंकाे सबैभन्दा ठूलाे भवनलार्इ अन्नागार भनिएकाे छ। हडप्पाकालीन मानिसहरूले नगरहरूमा घरहरूकाे विन्यासका लागि सामान्यतः ग्रीड पद्धति पद्धति अपनाएका थिए। यहाँ ठूला ठूला घर, चौडा तथा फराकिला सडक र धेरैकाे संख्यामा कुवाहरू भएकाे प्रमाण पाइएकाे छ। यहाँ जल र मल निकासीका लागि नालीहरू भएकाे प्रमाण पनि फेला परेकाे छ । यसबाट याे नगर वर्तमानका अाधुनिक नगरहरू जत्तिकै विकसित र भव्य थियाे भन्ने कुरा पुष्टि हुन्छ । पुरातत्वविदहरूका अनुसार याे सहर २०० हेक्टर क्षेत्रमा फैलिएकाे थियाे। हडप्पा सभ्यताकाे सम्पूर्ण क्षेत्र त्रिभुजाकारकाे छ जसअन्तर्गत मोहनजोदेडाे पनि आउँछ।

मोहनजोदेड़ोकाे विशाल स्नानागारलार्इ सबभन्दा महत्वपूर्ण सार्वजनिक स्थल मानिन्छ र विशाल स्नानागार नजिकै विशाल कक्ष २० स्तम्भमा अडिएकाे छ। यहाँ आठ फीट गहिराे, २३ फीट चौडा र ३० फीट लामाे कुण्ड पनि छ। यसमा वाटररूफ ईंट पनि प्रयाेग भएकाे छ। यी कुराहरू भएबाट याे ठाउँ नुहाउन प्रयाेग हुन्थ्याे हाेला भन्ने अनुमान गर्न सकिन्छ। मोहनजोदडाेमा प्राप्त विशाल स्नानागारमा पानीकाे रिसाव रोक्नका लागि ईंटमाथि जिप्समकाे गाराेमाथि चारकोल(अंगार) काे परत चढाइएकाे थियाे जसबाट के थाहा हुन्छ भने उनीहरू चारकोलकाे बारेमा पनि जानकार थिए इस नगरका सडकहरू र गल्लीहरूमा आज पनि घुम्न जान सकिन्छ। यहाँका भित्ताहरू र सडकहरू आज पनि काफी मजबुत छन्।

उत्खननमा के के फेला परे : मोहनजोदेडाेकाे उत्खननमा याे नगरका भवनहरू, स्नानघर, मुद्रा, मुहर, भाँडा, मूर्तिहरू, फूलदान आदि अनेक वस्तुहरू पाइएका छन्। हडप्पा सभ्यताकाे मोहजोदडाेमा कपडाका टुक्राका अवशेष, चाँदीकाे एक फूलदानकाे बिर्काे तथा केही अन्य तामा र फलामका वस्तुहरू फेला परेका छन्।

यहाँबाट कालाे भएकाे गहुँ, तामा र काँसका भाँडाबर्तन, मुहरहरूका अलावा चौपडका गोटीहरू, दियाे, नाप तौलका पत्थर, तामाका एेना , माटाकाे बयलगाड़ी, खेलाैना, दे पाट वाला चक्की, काँइयाे, माटाकाे चुरा र ढुंगाका औजार पनि पाइएकाे छन्। यहाँ खेती र पशुपालन संबंधी कतिपय अवशेष भेटाइएकाे छ। के भनिन्छ भने सिन्धकाे पत्थर र राजस्थानकाे तामाबाट बनेका उपकरण यहाँकाे खेतीपातीमा प्रयाेय हुन्थ्याे। हलाेबाट खेत जोत्नेका एक साक्षी हडप्पा सभ्यताकाे कालीबंगामा पनि फेला परेकाे छ। मोहनजोदडाेमा प्राप्त पशुपतिकाे मुहरमा हात्ती, गैंडा, बाघ र गाेरू अंकित छ। हडप्पाकाे माटाकाे भाँडामा सामान्यतः राताे रंगकाे प्रयाेग भएकाे छ। यहाँकाे उत्खननमा प्राप्त अवशेषहरू र नगरबाट याे सभ्यता संसारकाे सबभन्दा प्राचीन सभ्यता भएकाे पत्ता लाग्याे । कालान्तरमा यसलार्इ सिन्धु घाटी(उपत्यका) काे सभ्यता भन्ने नाम दिइयाे।

मोहनजोदेडाे सभ्यता नष्ट हुनुकाे पहिलाे कारण : पृथ्वीकाे अान्तरिक संरचनामा भएकाे बदलाव, भूकम्प र जलवायु परिर्वतनका कारणले एकातिर सरस्वती नदी भूमिगत भयाे भने अर्कातिर सिन्धु नदीले अाफ्नाे मार्ग परिवर्तन गर्याे जसका कारण याे सभ्यताले चर्काे मूल्य चुकाउनु पर्याे। पहिले सिन्धु नदी हिमालयबाट निस्केर बंगाल वा कच्छकाे खाडीमा जान्थ्याे भने पछि यसले बाटाे बदलेर अन्यत्रै गयाे । लगभग यसै समयमा एक विश्वव्यापी खडेरी पर्याे जसका कारण संसारका सभ्यताहरू प्रभावित हुन पुग्याे र यसाे दक्षिण युराेपदेखि लिएर भारतसम्म असर पर्याे। करीब २२०० ईसा पूर्व मेसोपोटेमियाकाे सुमेरियन सभ्यता पूर्ण रूपमा खतम भयाे।त्यसै बेला मिस्र(इजिप्ट) मा पुरानाे साम्राज्य यस जलवायु परिवर्तनका कारण समाप्त भयाे। श्रीमद्भागवतकाे एक स्थानमा के भनिएकाे छ भने श्रीकृष्णजीका दाजु बलरामका कारण यमुना नदीले अाफ्नाे बाटाे फेरेकाे थियाे जुन नदी त्याे समयमा सरस्वती नदीकाे एक प्रमुख उपधारा वा सहायक नदी थियाे ।

तर भूकम्पजस्ता ठूला ठूला भौगोलिक परिवर्तनका कारण नदीकाे दुबै ठूला धाराहरू समाप्त हुन पुगे। यसकाे एक परिवर्तन के पनि भयाे भने राजस्थानकाे एउटा ठूलाे भूभाग बंजर वा मरूभूमि हुन पुग्याे। यदि तपार्इं भारतीय उपमहाद्वीपकाे नक्शामा सरस्वती नदीकाे मार्ग निर्धारण गर्न चाहनुहुन्छ भने तपार्इं के बुझ्न सक्नुहुन्छ भने याे नदी सिन्धु नदीकाे मार्गकाे नजिकै थियाे भन्ने अनुमान लगाउन सक्नुहुनेछ । पुरातत्वविदहरूका अनुसार त्याे बेला भारतीय उपमहाद्वीपमा सबैभन्दा पुरानाे सभ्यता सिन्धु उपत्यकाकाे सभ्यता थियाे किनभने याे सभ्यता सिन्धु र सरस्वती नदीकाे किनारामा हुर्किएकाे थियाे । ड्यालिनाेजस्ता शोधकर्ताहरूकाे खोजले याे कुरालार्इ सत्य सिद्ध गर्दछन्। जलवायु परिवर्तनले करीब ४ हजार वर्ष पहिले सिन्धु घाटी(उपत्यका) वा हडप्पा सभ्यतालार्इ नष्ट एक ठूलाे भूमिका निर्वाह गरेकाे थियाे। याे दाबी एक नयाँ अध्ययनकाे क्रममा गरिएकाे हाे। नर्थ क्याराेलिनास्थित एप्पलचियान स्टेट युनिभर्सिटीमा नृविज्ञान (एन्थ्रोपोलाेजी) का एसोसिएट प्रोफेसर डा. ग्वेन रबिन्स शुगले एक ठाउँमा के भनेका छन् भने जलवायु, आर्थिक र सामाजिक परिवर्तनहरू सबैले सहरीकरण र सभ्यतालार्इ नष्ट गर्नमा ठूलाे भूमिका निर्वाह गरे। तर यस सम्बन्धमा यी परिवर्तनहरूले मानव अाबादीलार्इ कसरी प्रभावित गर्याे भन्ने सन्दर्भमा त्यति विस्तृत जानकारी प्रकाशमा अाइसकेकाे छैन ।

सिन्धु घाटी(उपत्यका) का सभ्यता मोहनजोदडाे र हडप्पा कसरी नष्ट भए : मोहनजोदडाेलार्इ त मृत्युकाे थुप्राे नै भनिएकाे छ। याे सभ्यता जहाँ छ आज त्याे हिस्सालार्इ पाकिस्तान र अफगानिस्तान भनिन्छ, महाभारतकालमा त्यसकाे उत्तरी भागलार्इ गान्धार, मद्र, कैकय र कंबोज स्थली भनिन्थ्याे। अयोध्या र मथुरादेखि लिएर कंबोज (अफगानिस्तानकाे उत्तर इलाका) सम्म आर्यावर्तकाे बीचकाे खण्डमा कुरुक्षेत्र थियाे जहाँ महाभारत युद्ध भएकाे थियाे। त्याे बेला कुरुक्षेत्र धेरै ठूलाे क्षेत्र थियाे। अहिले याे हरियाणाकाे एक सानाे क्षेत्र हाे।त्याे बेलामा सिन्धु र सरस्वती नदीका किनारामा नै मानिसहरू बस्दथे। सिन्धु र सरस्वतीकाे माझमा कुरु बस्दथे। यहीं सिन्धु घाटीकाे सभ्यता र मोहनजोदडाेकाे नगर बसेका थिए, जुन मध्यप्रदेशकाे नर्मदा घाटी( उपत्यका) सम्म फैलिएका थिए। सिन्धु घाटी सभ्यताका मोहनजोदडाे, हडप्पा आदि स्थानका प्राचीनता र तिनीहरूका रहस्यहरूलार्इ आज पनि सुल्झाउन सकिएकाे छैन। मोहनजोदडाे सिन्धु नदीकाे दुर्इ टापुहरूमा अवस्थित छ।

जब पुरातत्वशास्त्रीहरूले अघिल्लाे शताब्दीमा मोहनजोदडाे स्थलका उत्खननका अवशेषहरूलार्इ निरीक्षण गरेका थिए त्याे बेला उनीहरूले के पाए भने त्यहाँका गल्लीहरूमा नरकंकाल भेटियाे। कतिपय अस्थिपंजर चित अवस्थामा सुतेका थिए र कतिपय अस्थिपंजरहरू एक-अर्काकाे हात यसरी समातेर बसेका थिए मानाैँ उनीहरूलार्इ कुनै ठूलाे विपत्तिले अचानक त्यस अवस्थामा पुर्याइदिएकाे हाेस्। ती नरकंकालहरूमा ठीक त्यस्तै प्रकारकाे रेडियो एक्टिभिटीका चिह्न थिए, जस्ताे जापानी नगर हिरोशिमा र नागासाकीका कंकालहरूमा एटम बम विस्फोट पश्चात देखिएकाे थियाे। मोहनजोदडाे स्थलका अवशेषहरूमा नाइट्रिफिकेशनका जुन चिह्न पाइएका थिए त्यसकाे कुनै स्पष्ट कारण थिएन, किनभने यस्ताे अवस्था केवल अणु बम विस्फोट पश्चात नै हुन सक्छ ।

महाभारत कालमा ब्रह्मास्त्रजस्ता घातक अस्त्रहरू छाडेका कारणले यी सभ्यताहरू नष्ट भएका हुन् भन्ने एक थरीकाे मान्यता रहेकाे पाइन्छ। ब्रह्मास्त्रकाे तुलना वर्तमानमा परमाणु बमसँग गरिन्छ। हिरोशिमा र नागासाकीमा खसालेका परमाणु बमका कारण आज पनि त्यहाँ रिडियो एक्टिभिटीकाे असर रहेकाे छ।

तदस्त्रं प्रजज्वाल महाज्वालं तेजोमंडल संवृतम।

सशब्द्म्भवम व्योम ज्वालामालाकुलं भृशम।

चचाल च मही कृत्स्ना सपर्वतवनद्रुमा।। महाभारत ।। ८-१०-१४ ।।

अर्थात् : ब्रह्मास्त्र छाडेपछि भयंकर वायु जोडदार रूपमा वहन थाले। सहस्रावधि उल्का आकाशबाट खस्न लागे। भूतमात्र वा प्राणीमात्रलार्इ भयंकर महाभय उत्पन्न भयाे। आकाशमा ठूलाे शब्द उत्पन्न भयाे। आकाश जल्न थाल्याे। पर्वत, अरण्य, वृक्षहरूसँगै पृथ्वी कम्पायमान भयाे।

महाभारतकाे युद्ध आजभन्दा लगभग ५३०० वर्ष पहिले भएकाे थियाे। युद्धकाे अन्तिम समयमा गुरु द्रोणचार्यका पुत्र अश्‍वत्थामाले भगवान कृष्णले राेक्दाराेक्दै पनि ब्रह्मास्त्रकाे प्रयाेग गरेका थिए। अाफ्ना पिता मारिएपछि अश्चत्थामा बदलाकाे भावनाले ग्रस्त थियाे। उसले पाण्डवहरूकाे समूल नाश यर्ने प्रतिज्ञा गरी चुपचाप पाण्डवहरूकाे शिविर गयाे र कृपाचार्य तथा कृतवर्माकाे सहायताले पाण्डवहरूका बाँचेका वीर महारथीका साथै उनीहरूका पाँच अजेय छाेराहरूलार्इ पनि मारिदियाे। यति मात्र हाेइन अन्तमा अर्जुनका छाेरा अभिमन्युकी पत्नी उत्तराका गर्भमा रहेकाे शिशुकाे पनि उसलार्इ याद आयाे।पुत्रहरूकाे हत्याबाट दुःखी द्रौपदी विलाप गर्न लागिन्। अर्जुनले जब यस भयंकर दृश्य देखेपछि त उनकाे पनि मन छियाछिया भयाे । तत्कालै उनले अश्वत्थामाकाे शिर काट्ने प्रतिज्ञा गरे। अर्जुनकाे प्रतिज्ञा सुनेर अश्वत्थामा त्यहाँबाट भाग्याे। श्रीकृष्णलार्इ सारथी बनाएर अर्जुनले उसकाे पिछा गरे। अश्वत्थामाले कहीं पनि अाफ्नाे सुरक्षा नदेखेपछि अन्तमा उसले ऐषिका (अस्त्र छोड्ने उपकरण) लिएर अर्जुनमाथि ब्रह्मास्त्रकाे प्रयोग गरिदियाे। अश्वत्थामा ब्रह्मास्त्र चलाउन त जान्दथ्याे तर उसलार्इ त्याे अस्त्र फर्काउन अाउँदैनथ्याे।

त्याे अति प्रचण्ड तेजोमय अग्निलार्इ अाफूतिर अाइरहेकाे देखेर अर्जुन भयभीत भए र श्रीकृष्णसँग विनती गरे। श्रीकृष्णले भने, ‘है अर्जुन! तिम्राे भयले व्याकुल भएर अश्वत्थामाले याे ब्रह्मास्त्र तिमीमाथि प्रहार गरेकाे हाे। यस ब्रह्मास्त्रले तिम्राे प्राण घोर संकटमा परेकाे छ। यसबाट बच्नका लागि तिमीले पनि अाफ्नाे ब्रह्मास्त्र प्रयोग गर्नुपृछ किनभने अन्य कुनै पनि अस्त्रबाट यसकाे निवारण हुन सक्दैन।’यसरी अश्वत्थामाले ब्रह्मास्त्र छाडेपछि प्रत्युत्तरमा अर्जुनले पनि अाफ्नाे बह्मास्त्र छाडिदिए। अश्वत्थामाले पांडवहरूकाे नाश गृनका लागि छाडेका थिए भने अर्जुनले उसकाे ब्रह्मास्त्रलार्इ नष्ट गर्नका लागि। दुबैद्वारा छाडिएका यी ब्रह्मास्त्रहरूका कारण लाखाैँ मानिसहरूकाे ज्यान गयाे।

कुरा कतिसम्म पक्का हाे भने यसै समयमा महाभारतकाे युद्ध यसै क्षेत्रमा नै भएकाे थियाे।वास्तवमा मानिसहरूमा फैलिएकाे हिंसा, संक्रामक रोगहरू र जलवायु परिवर्तनले करीब ४ हजार वर्ष पहिले सिन्धु घाटी वा हडप्पा सभ्यता विनष्ट गर्नमा ठूलाे भूमिका निर्वाह गरेकाे थियाे । याे दाबी एक नयाँ अध्ययनमा गरिएकाे हाे। खास गरी हिन्दु सभ्यता र संस्कृतिका बारेमा विस्तृत रूपमा जानकारी गराउने सिलसिलामा याे अालेख भारतीय अनलाइन वेब दुनियाँबाट नेपालीमा अनुवाद गरी यहाँसमक्ष प्रस्तुत गरिएकाे हाे । अाशा छ तपार्इंकाे सद्भावपूर्ण समीक्षाले हामीलार्इ थप पथ प्रदर्शन गर्नेछ। भाषा अनुवादक कुमार पाैडेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।