0 COMMENTS

हिन्दुहरूकाे प्रमुख धर्मग्रन्थ हाे वेद। वेदका चार भाग छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। यी चारै वेदकाे अन्तिम भाग वा तत्वज्ञानलार्इ वेदान्त  वा उपनिषद भनिन्छ। उपनिषदहरूकाे संख्या लगभग १००० बताइएकाे भए पनि तिनमा १०८ अत्यन्त महत्वपूर्ण छन्। उपनिषदहरू अाकारका हिसाबले ठूला नभएर साना-साना हुन्छन्।सामान्यतया उपनिषदहरू लगभग ५-६ पानाका हुन्छन्।

यी उपनिषदहरूकाे सार वा निचोड भनेकाे याेगेश्वर भगवान श्रीकृष्णले कुरूक्षेत्रकाे रणभूमिमा अर्जुनलार्इ बताएकाे गीता हाे। इतिहास ग्रन्थ महाभारतलार्इ पञ्चम वेद मानिएकाे छ। वाल्मीकि रामायण र १८ पुराणहरूलार्इ पनि इतिहास ग्रन्थहरूकाे सूचीमा राखिएकाे छ।

।।प्रथमेनार्जिता विद्या द्वितीयेनार्जितं धनं।तृतीयेनार्जितः कीर्तिः चतुर्थे किं करिष्यति।।

अर्थ : जसले प्रथम अर्थात ब्रह्मचर्य आश्रममा विद्या अार्जन गरेन, द्वितीय अर्थात गृहस्थ आश्रममा धन अार्जन गरेन, तृतीय अर्थात वानप्रस्थ आश्रममा कीर्ति अार्जन गरेन भने त्यसले चतुर्थ अर्थात संन्यास आश्रममा के गर्ला ?

उपनिषदहरूलार्इ जसले पनि पढे र बुझे वास्तवमा तिनीहरूकाे जीवन पूर्ण रूपमा बदलिएकाे छ। उपनिषदहरूभन्दा माथि केही पनि छैन। दुनियाँका सम्पूर्ण दर्शन, विज्ञान र धर्म उपनिषद वाङमयमा अटाएकाे छ। त्यसैले अाउनुहाेस् हामी पनि यस्ताे महत्वपूर्ण ग्रन्थरत्न उपनिषदका ५ वचन जानी राखाैँ जुन मनुष्य मात्रले सधैँ याद गर्नुपर्छ।

पहिलाे वचन : आहार शुद्धि भयाे भने प्राणकाे सत्व शुद्धि हुन्छ, सत्व शुद्धिबाट स्मृति निर्मल र स्थिरमति (जसलार्इ प्रज्ञा भनिन्छ) प्राप्त हुन्छ। स्थिर बुद्धिबाट जन्म-जन्मान्तरका बन्धन र ग्रन्थिहरू नाश हुन्छन् तथा बन्धन र ग्रन्थिहरूबाट मुक्ति नै मोक्ष हाे। अत: आहार शुद्धि प्रथम नियम र प्रतिबद्धता हाे।

आहार केवल मुखबाट खाइएकाे मात्र हाेइन बरू आहारकाे अभिप्राय त स्थूल शरीर र सूक्ष्म शरीरलार्इ पुष्ट र स्वस्थ राख्नका लागि यस दुनियाँबाट लिइएका सबै पदार्थहरू हुन्। जस्ताेः

१. कानका लागि अाहार भनेकाे शब्द वा ध्वनि हाे।

२. त्वचा (छाला) काे आहार स्पर्श हाे।

३. नेत्रका लागि आहार भनेकाे दृश्य वा रूप जगत हाे।

४. नाककाे आहार गन्ध वा सुगन्ध हाे।

५. जिह्वा (जिब्राे) का लागि आहार हाे अन्न र रस।

६. मनकाे आहार उत्तम विचार र ध्यान हाे।

अत: ज्ञानेन्द्रियहरूका ५ दोषहरू छन् जसकाे सेवनबाट चेतनामा विकार पैदा हुन्छन्, तिनीहरूबाट बच्नुपर्छ।

दाेस्राे वचन : प्रत्येक कुरा पूर्ण छ। चाहे त्याे व्यक्ति होस्, जगत होस्, पत्थर, वृक्ष वा अन्य कुनै ब्रह्माण्ड नै किन नहाेस् किनभने त्यस पूर्णबाट नै सबैकाे उत्पत्ति भएकाे हाे।त्यसैले स्वयंकाे पूर्णता प्राप्त गर्नका लागि ध्यान जरूरी छ। जसरी एक बीज हुर्केर बढेर वृक्ष बनेर हजाराैँ बीजहरूमा रूपान्तरण हुन्छ मनुष्यकाे गति पनि त्यस्तै नै हाे। याे संसार उल्टाे वृक्ष समान छ। व्यक्तिकाे मस्तिष्कमा उसकाे पूर्णताका जराहरू छन्। उपनिषदहरूमा यही कुरालार्इ पटक पटक दाेहाेर्याइएकाे छ।

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥ -वृहदारण्यक उपनिषद

अर्थ : अर्थात त्याे सच्चिदानन्दघन परब्रह्म पुरुषोत्तम परमात्मा सबै प्रकारबाट सदा सर्वदा परिपूर्ण छ। याे जगत पनि त्यस परब्रह्मबाट पूर्ण नै छ किनभने याे पूर्ण संसार त्यस पूर्ण पुरुषोत्तमबाट नै उत्पन्न भएकाे हाे। यस प्रकार परब्रह्मकाे पूर्णताले जगत पूर्ण हुँदाहुँदै पनि त्याे परब्रह्म परिपूर्ण छ। त्यस पूर्णबाट पूर्णलार्इ निकाल दिँदा पनि त्याे पूर्ण नै शेष रहन्छ।

तेस्राे वचन : जुन व्यक्ति परस्पर सह-अस्तिवकाे भावना राख्दछ त्याे नै मनुष्यहरूमा श्रेष्ठ मनुष्य हाे। सबैकाे स्वास्थ्य र रक्षाकाे कामना गर्ने व्यक्ति नै अाफ्नाे मनलार्इ निर्मल बनाएर श्रेष्ठता हासिल गर्न समर्थ हुनेछ। जुन व्यक्ति निम्नलिखित भावनालार्इ आत्मसात गर्दछ वास्तवमा उसैकाे जीवन श्रेष्ठ बन्न जान्छ।

ॐ सह नाववतु।

सह नौ भुनक्तु।

सह वीर्यं करवावहै।

तेजस्विनावधीतमस्तु मा विद्विषावहै॥ -कठोपनिषद

अर्थ : परमेश्वर हामी शिष्य र आचार्य दुबैलार्इ एकसाथ रक्षा गरून्। हामी दुबैलार्इ एकसाथ विद्याकाे फल भोग गराउन्। हामी दुबै परस्पर मिलेर विद्या प्राप्त गर्ने सामर्थ्य प्राप्त गराैँ। हामी दुबैकाे पढाइ तेजस्वी होस्। हामी दुबै परस्पर द्वेष नगराैँ। यस्ताे किसिमकाे भावना राख्ने व्यक्तिकाे मन निर्मल हुन्छ। निर्मल मनबाट निर्मल भविष्यकाे उदय हुन्छ।

।।शरीरमाद्यं खलु धर्मसाधनम्।। -उपनिषद

अर्थ : शरीर नै सबै धर्म (कर्तव्यहरू) लार्इ पूरा गर्ने साधन हाे। अर्थात शरीरलार्इ स्वस्थ बनाएर राख्नु अत्यन्त जरूरी छ। यही शरीर भएकाे हुनाले नै अरू सबैथाेक भएका हुन् । अत: शरीरकाे रक्षा र यसलार्इ निरोगी राख्नु मनुष्यकाे सर्वप्रथम कर्तव्य हाे। पहिलाे सुख निरोगी काया हाे।

।।येषां न विद्या न तपो न दानं, ज्ञानं न शीलं न गुणो न धर्म:। ते मृत्युलोके भुवि भारभूता, मनुष्यरूपेण मृगाश्चरन्ति।। -उपनिषदअर्थ : जिसके पास विद्या, तप, ज्ञान, शील, गुण र धर्ममध्ये कुनै पनि कुरा नभएकाे मनुष्यले एक मृगकाे जस्तै जीवन व्यतीत गर्दछ। अर्थात् जुन मनुष्यले कुनै पनि प्रकारले विद्या अध्ययन गर्दैन, न नै उसले व्रत र तप गरेकाे छ, धेरथाेर अन्न-वस्त्र-धन वा विद्या दान नै गरेकाे छ, न त्यसमा कुनै प्रकारकाे ज्ञान छ, न शील छ, न गुण छ र न धर्म छ, यस्ताे मनुष्य यस धर्तीकाे बाेझ हाे। यस्ताे व्यक्ति मनुष्य रूपमा भएर पनि पशु समान जीवन व्यतीत गर्दछ। हिन्दु धर्म र संस्कृतिलार्इ यथाेचित प्रचारप्रसार गर्ने पवित्र मनशायले याे अालेख हामीले भारतीय अनलाइन वेब दुनियाँकाे सहयाेग तयार पारी यहाँसमक्ष प्रस्तुत गरेका छाैँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।