0 COMMENTS

काठमाण्डाै १२ असाेज०७५/ जर्जियामा जारी ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५–१.५ ले हराएको छ ।
चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस मिगुल अग्वीलरलाई र विवेक थिङले डानियल पिन्टोलाई हराए । रुपेश जैसवालले पाउलो रोजोसँग बराबरी खेले भने हिमाल लामा जोस डेनियल जेमीसँग पराजित भएका थिए । पाँचौं चरणमा नेपाली पुरुष टोलीले आफूभन्दा एक स्थान माथिको चाइनिज ताइपेईसँग खेल्नेछ ।
यसैगरी महिलातर्फ चौथो चरणमा नेपालको प्रदर्शन सुधार हुन सकेन । नेपाली महिला टोलीे बेल्जियमसँग ३–१ ले पराजित भयो । यस खेलमा नेपालकी सुजना लोहनीले मात्र जित हात पारिन् । सुजनाले विबेके बारवियरलाई हराइन् । मोनालिसा खम्बु अस्ट्रेड बारवियरसँग, सुशिला गुरुङ हानी गोसेन्ससँग र खुश्बु थापा एन्लेलाइस कुभेलियरसँग पराजित भए ।
चौथो चरणको खेल सकिँदा महिलातर्फ नेपालले एउटा खेल जितेको छ । नेपालले तेस्रो चरणको खेलमा गाम्बियालाई ४–० ले हरायो थियो । पाँचौं चरणको खेलमा नेपालले एक सय २८ औं स्थानको लेसोतोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।