0 COMMENTS
दस महाविद्या अन्तर्गत आठौँ महाविद्या मानिने माता बगलामुखी को प्रिय बार का रुपमा बिहीबार लाई मानिन्छ। त्यसैले त हरेक बिहीबार माताको मन्दिर भक्तहरूको उपस्थितिले भरिभराउ देख्न सकिन्छ। कुनै पनि व्यक्तिको जीवनमा सहजता मानसम्मान ,सफलता ,प्रतिष्ठा प्राप्ति, शारीरिक तथा मानसिक कष्ट सत्रु बाधा हरण अनि विजय प्राप्ति, वाक सिद्धि, कार्य सिद्धि जस्ता मनोकामना पूर्ति का लागि माता बगलामुखी को व्रत पूजा अनि साधना उत्तम उपाय मानिन्छ। पहेंलो रङ्ग मन् पराउने विश्वास लेमाताको पूजामा सकभर पहेंलै वस्त्र, फूल हल्दी को माला,  पहेँला फलफूल अनि केशर र हल्दी मिश्रित मिठाई, पहेंलो चुनरी लगायत सम्पूर्ण वस्तु पहेंलै अर्पण गर्दैआफूले पनि पहेंलै वस्त्र धारण गरी पहेँला चिज काे नै सेवन गरेर ब्रत बस्नु पर्दछ भने नुनको सेवन सकभर गर्नुहुँदैन । आफ्ना पूरा गर्नु पर्ने  काम हरू काे जटिलता हेरेर मन्त्र साधना, अनि स्तवनको पाठ पनि गर्न सकिन्छ।
 
मन्त्र को साधना गर्नको लागी ३६ अक्षर का मन्त्रहरू ३६ सय ३६ हजार अनि ३६ लाख सम्म बिधि पूर्वक गर्नु पर्दछ भने स्तवन को पाठ गर्दा पनि संकल्प अनि गाई काे घिउ काे दीप सहित प्रत्येक दिन ५,७,२१,५१ तथा १०८ को संख्यामा गर्नाले मनोबान्छित फल प्राप्त गर्न सकिने कुरामा संका गर्नु पर्दैन।
 
पिताम्बरा माता को नाम ले पनि चिनिने उनको साधना ले पूरा गर्न नसकिने काम कुनै पनि छैन। जसअनुसार अर्जुन अनि कृष्णले पनि महाभारत काे युद्ध हुनु भन्दा अगाडि, सप्तऋषि हरुले विभिन्न समयमा अनी भगवान् विष्णुले पनि सृष्टि सञ्चालनमा आपत् पर्दा माता बगलामुखी कै आराधना गरेका कथा हरू शास्त्र हरुमा सुन्न पाइन्छ। तर पूजा,  ब्रत ,अर्चना अनि साधना मा भने अटल विश्वास, भक्ति तथा उचीत नियमको पालना पनि भएको हुनु पर्दछ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।