काठमाडौं०९ असोज ०७५/ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २२ दशमलव ३० अंकले बढेर १ हजार २ सय ७९ दशमलव ९८ को बिन्दुमा कारोबार बन्द भएको छ । यस दिन बजार खुलेदेखि निरन्तर उकालो लागेको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने ५ दशमलव २५ अंकले बढेर २ सय ७२ दशमलव १६ अंकमा पुगेर बन्द भएको छ ।यस दिन कुल १ सय ७३ कम्पनीको ४२ लाख १५ हजार ६५१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७ करोड ४२ हजार ३८ सय ३४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । जसको आज ८ करोड ५१ लाख ४८ हजार ७९० सय रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ८२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा गोर्खाज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ५४ प्रतिशतले घटेको छ ।
यस दिन अन्य समूह बाहेक सबै समूहहरु बढेका छन् । अन्य समूह १ दशमलव ४६ अंकले घटेको छ । भने सबैभन्दा बढी बढनेमा निर्जीवन बीमा समूह ६३ दशमलव ३८ अंकले बढेको छ । त्यस्तै विकास बैंक समूहमा ३७ दशमलव ८२ अंकले, र्जीवन बीमा समूहको ३७ दशमलव ३६ अंकले, बैंकिंग समूह २९ दशमलव ३२ अंकले, होटल समूह २२ दशमलव ७८ अंकले, उत्पादक तथा प्रशोधन समूहमा १० दशमलव ९४ अंकले, लघुवित्त समूह १० दशमलव ४४ अंकले, जलविद्युत समूह ७ दशमलव ३४ अंकले, फाइनान्स समूह ५ दशमलव ५९ अंकले र टेडिङ्ग समूह २ दशमलव ७९ अंकले बढेका छन् ।