0 COMMENTS

हरेक मानिसको इच्छा हुने गर्दछ कि आफू र आफ्नो परिवार सधैं सुखी र सम्पन्न रहोस् । त्यसैले मानिसले आफ्नो इच्छा पुर्तिका लागि देवताहरुका साथ आफ्नो पितृको पुजा पनि गर्नुपर्ने हुन्छ ।

तैपनि मानिस आफ्नो जीवनमा कयौ उतार चढाव अनुभव गर्दछ । तर केही कष्ट एवं अभाव यस्ता हुन्छन् जसलाई सहन गर्न असम्भव हुन्छ । ज्यातिषी, वास्तुशास्त्री, तान्त्रिक, मान्त्रिकहरुले जेजस्ता कुरा बताउँछन्, त्यसलाई निर्मूल गर्नका लागि जस्ता प्रयास गरिन्छ, त्यसको लाभ कहिले प्राप्त हुँदैन भने कहिले केही त कहिलै पूर्णरुपमा प्राप्त हुने गर्दछ । त्यसमध्ये एउटा हो पितृ शान्ति । पितृ शान्ति प्राप्त नहुँदा पनि इच्छाहरु पूरा हुँदैनन् । त्यसो भए कसरी हुन्छ पितृ दोष, कसरी र कहिले हुन्छ ?

१. पितृको विधिवत संस्कार र श्राद्ध नहुँदा ।

२. पितृलाई बिर्सदा वा अपमान गर्दा ।

३. धर्मविरुद्धको आचरण प्रदर्शन गर्दा।

४. वृक्ष, फल, पिपल, वट आदि काट्दा।

५. नागको हत्या गर्नु, गराउनु वा त्यसको मृत्युको कारण बन्दा

६. गौहत्या वा गाईको अपमान गर्दा।

७. नदी, पोखरी, धारा आदि स्थानमा मल–मूत्र विसर्जन गर्दा ।

८. कुल देवता, देवी इत्यादिर्ला बिर्सनु वा अपमान गर्दा ।

९. पवित्र स्थलमा गलत काम गर्दा ।

१०.पूर्णिमा, अमावस्या वा पवित्र तिथिमा सम्भोग गर्दा।

११. पूज्य स्त्रीका साथ शारीरिक सम्बन्ध कायम गर्दा ।

१२. पराई स्त्रीहरुसँग शारीरिक सम्बन्ध कायम गर्दा ।

१३. गर्भपतन गर्दा वा कुनै जीवको हत्या गर्दा ।

१४. कुलभित्रको स्त्रीले अमर्यादित व्यवहार प्रदर्शन गर्दा ।

१५. तल्लो कुलमा वैवाहिक सम्बन्ध गाँस्दा ।

१६. पूज्य व्यक्तिको अपमान गर्नु आदि । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।