0 COMMENTS

काठमाण्डाै २भदाै०७५/ बूढानिलकण्ठ नगरपलिकामा रहेको बूढानिलकण्ठ उमा कुङफुका प्रशिक्षार्तीहरु चिनको हेनान प्रान्तमा रहेको शाओलिन मन्दिरमा १५ दिने चाइनिज कुङ्फुको तालिम लिएर फर्केका छन ।खेलाडीमा अयुव घिमिरे, राजकुमार तामाङ्ग ,जीवन प्रजापति , कल्पना गुरुङ र अफ़िसिअलमा दिनेश श्रेष्ठ र सह प्रशिक्षक जिवन प्रजापतीको टोलि सेप्टेम्बर ६ मा चिन प्रस्थान गरेको थियो ।

बूढानिलकण्ठ उमा कुङफुका टोलिलाइ त्रिभुवन अन्तराष्ट्रीय बिमान स्थलमा भव्य स्वागत गर्न अभिभावक र प्रमुख प्रशिक्षक सुकुमान तामाङ्ग पुगेको थियो ।अधिकांस खेलाडीहरु बाल बिकास बोर्डिङ हाई स्कूलमा अध्ययनरत छन । मार्सल आर्ट खेलमा उमा कुङ्फु एक चिर परिचित खेल रही आएको छ । शाओलिन मन्दिरका गुरु यान डियानले नेपाली प्रशिक्षार्तीहरुलाइ प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षण पस्चात तालिमको समापनको दिन नेपाली टोलीलाई प्रमाण पत्र वितरण गर्दै गुरु यान डियानले नेपाली टोलीको कुङ फुको प्रदर्शन बारे प्रशंसा गर्नु भएको जानकारी अध्यक्ष दिनेस श्रेष्ठले दिनु भएको छ । बिस्व प्रसिद्ध मार्सल आर्ट कुङु फुको तालिम गर्न शाओलिन मन्दिर पुग्ने सम्भवत यो नेपालको पहिलो टोली रहेको जानकारी बूढानिलकण्ठ उमा कुङ्ग्फुका प्रमुख प्रशिक्षक सुकुमान तामाङले दिनु भएको छ । बूढानिलकण्ठ क्षेत्रमा उक्त खेल भित्राउन र संस्थापन गर्न प्रमुख प्रशिक्षक सुमन तामांगको महत्व पूर्ण भूमिका रही आएको छ । प्रशिक्षणमा सहभागी खेलाडिहरुले मार्सल आर्ट कुङ्ग फुको देश मानिने चिनमा गएर , शाओलिन मन्दिरको गुरु बाट प्रशिक्षण गर्न पाउदा र नेपालको प्रतिनिधित्व गर्न पाउदा गौरान्वित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।