0 COMMENTS

मिलन चाम्लिङ ,धरान२५भदाै०७५/ यामाहा मोटरसाइकल तथा स्कुटर धरानका आधिकारिक डिलर गजुरमुखी ट्रेड एण्ड सर्भिस लिकले रे जेडआर स्कुटर सिरिजका नयाँ संस्करण ‘स्ट्रीट र्‍याली’ धरानमा ल्याएको छ । महिला संजाल धरान उपमहानगरपालिका समितिका अध्यक्ष सबिता राई र पत्रकार महासंघ जिल्ला शाखा सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्कुटी चलाएर लन्ज गरेको थिए ।

यामाहा रे जेडआर ‘ स्ट्रीट र्‍याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण रहेको गजुरमुखी ट्रेड एण्ड सर्भिस लिकका गोपालप्रसाद आचार्यले बताए । हामिलाई बिश्वास छ अत्याधुनिक प्रबिधि भएको स्टाइलिस स्ट्रीट र्‍याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहा प्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्‍याउने अपेक्षा हामिले गरेको छौ ।

नयाँ जेडआर ‘स्ट्रीट र्‍यालीमा उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेजका लागि ११३ सिसि ब्लु कोर इन्जिन चालकको हातको सुरक्षाको लागि नकल गार्ड थप स्पोर्टी र आकर्षक डिजाइनको लागि बोल्ड न्यु भाइजर आवश्यक जानकारीहरु समाबेश भएको आकर्षक ककपिट र आकर्षक डिजाइन र पुर्ण आत्मबिश्वाशि ब्रेकिङको लागि फ्रन्ट डिस्क ब्रेक एण्ड एलोइ ह्विल रहेको बताएका छन । स्ट्रीट र्‍यालीको बजार मुल्य दुई लाख आठ हजार नौ सय तोकिएको छ र यो स्कुटर र्‍याली रेड र ब्लु गरि दुई वटा कलरमा उपलब्ध छ भने यो स्कुटर सिटी राइडको लागि मात्र नभएर लामो दूरीको लागि पनि उपयुक्त भएको  कम्मनीकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।