मिलन चाम्लिङ,धरान२४भदाै०७५/ संघिय समाजवादी फाेरम नेपाल ,धरान उपमहानगर समितिले धरान उपमहानगरपालिकाले अार्थिक एेन २०७५ जारी गरे पश्चात विभिन्न करहरू वृद्दि गरेकाे विषयलाई लिएर असन्तुष्ट रहेकाे बताएकाे छ ।अाईतबार धरान गाेर्खा किचनमा पत्रकार सम्मेलन गर्दै कर वृद्दिकाे विषयमा संघिय समाजवादि फाेरम नेपालकाे ध्यान गएकाे जनाएकाे छ ।
धराने जनताबाट कर उठाइए पछि स्थानिय जनतालाई दिईने सेवा र सुवसधाहरूमा पनि वृद्दि गरियाेस् ।सानाे व्यवसायीहरूलाई न्युनतम दर्ता शुल्क लिईयाेस् तर मासिक तथा वार्षिक कर नलिईयाेस् ।घरबाहल कर साविक १० प्रतिशत नै कायम गरियाेस् । अनुसुची ४ काे सम्पति कस्काे करयाेग्य मुल्यांकन रकम र कर प्रतिशतलाई पुनरावलाेकन गरियाेस् ।जस्ता माग पार्टिकाे रहेकाे पार्टिका कार्यवाहक अध्ययक्ष विना पुमा राईले बताउनुभयाे ।
नेपालकाे संविधान २०७२ काे धारा ४ले नेपाल स्वतन्त्र , अविभाव्य , सार्वभाैमत्ता सम्पन्न ,धर्म निरपेक्षता समावेशी , लाेकतान्त्रातमक ,गणतन्त्रात्मक राज्य हाे भनेर उल्लेख गरिएतापनि वर्तमान अप्रगतिशित करवृद्दिले धरानलाई समाजवाद तर्फ भन्दा धनी र गरिबकाे विशाल विभाजन तर्फ उन्मुख भएकाे पार्टिका उपाध्ययक्ष ताजुप लिम्बुले बताउनुभयाे सम्मेलनमा पार्टिका अध्ययक्ष ,उपाध्ययक्ष ,पुर्वमेयर ध्यानबहादुर राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।