0 COMMENTS

मिलन चाम्लिङ ,धरान,२४भदाै०७५/ मातृभाषामा साहित्य लेखौ भन्ने मुल नाराका साथ धरान प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बहुभाषिक कविता गाेष्ठी २०७५ मा सोह्र वटा बहुभाषिक कबिता मध्ये हेनसेन याख्खाको बधाई किराँती चेली शिर्षकको याक्खा भाषामा ,सुसा कदमको मातृभाषा शिर्षकको नेवारी भाषामा , पुनम शेर्पाको भड्किएको चेलिको मन शिर्षकको शेर्पा भाषामा , धनेन्द्र जवेगुको सपनामा ऐठन शिर्षकको लिम्बु भाषामा र चौधन राईको हे मनुष्य असल पथ रोज शिर्षकको बान्तावा भाषाको कविता उत्कृष्ट पाँच भएका छन ।

उत्कृष्ठ ५ जनालाई प्रमाणपत्रको साथमा नगद रु ५-५ हजार प्रदान गरिएकाे थियाे ।सबै उमेर समुहका कविहरूले कविता वाचन गरेका थिए ।प्रतियाेगिहरूमा प्रतिमा तामाङ्ग ,प्रेम तुलाधर , चौधन राई , हेनसेन याख्खा ,कुमारी सुनुवार ,लिसन काेइँच , मनि राई ,सुसा कदम , लक्ष्मी शाक्य , धनेन्द्र जवेगु , पुनम शेर्पा ,निमा पाेङ्श्युवा ,साेभा लिम्बू ,मंगल सिंह तामाङ ,कुलदेवि शाक्य र प्रविण राई १६ जना सहभागिता जनाएका थिए ।कविता वान्तवा भाषा ,नेवारि भाषा , याख्खा भाषा , खस नेपाली भाषा , सुनुवार भाषा,मेवाहाङ भाषा ,तामाङ भाषा , शेर्पा भाषा गरि आठ वटा भाषामा बाचन गरिएकाे थियाे ।

निर्णायकमा – वम देवान ,हर्ष सुब्बा , प्रदिप सेमिङ मेन्याङ्गबाे रहनु भएकाे थियाे ।धरान प्रज्ञा प्रतिष्ठानकाे अध्ययक्ष अम्विका कुमार सम्बाहाम्फेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिति – धरान उप महानगरपालिकाकाे कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी सुवेदि हुनुहुन्थ्याे ।१० नम्बर वडाकाे अध्ययक्ष श्रि सुब्बा , प्रा डा भाेलानाथ पाेख्रेल , साहित्य क्षेत्रका विशिष्ठ व्यक्तित्व लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।