0 COMMENTS

दाङ २४भदौ ०७५/ विप्लप समूह (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । देउखुरी जिल्ला अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा भएको बम विस्फोट मुद्दामा विश्वकर्मालाई आठ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत शुक्रबार प्रवक्ता विश्वकर्मालाई भोजपुरबाट दाङ लगिएको थियो । भोजपुरबाट हिडेको दिन बुधबारबाट आठ दिनको म्याद थप भएकाले अब प्रहरीलाई तीन दिन मात्रै समय बाँकी छ । आइतबारसम्म पाँच दिन बितिसकेकाले तीन दिनमा यथेष्ट प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ ।

शुक्रबार कार्यालय बन्द भएकाले आइतबार अदालत पेश गरिएको जिल्ला प्रहरी प्रमुख एस्पी कृष्णहरी शर्माले बताए । निर्वाचनका क्रममा गत वर्ष मंसिर १२ गते बम बिस्फोट हुँदा म्यादी प्रहरी तुलसीपुर–१२ क्वाङीका २३ वर्षीय विनोद चौधरीको मृत्यु भएको थियो । अनुसन्धानका क्रममा विश्वकर्माको डायरीमा दाङमा बम विस्फोटबारे लेखिएको भेटिएपछि दाङ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।