0 COMMENTS

काठमाण्डाै२२भदाै०७५/आयोजक रेडिअन्ट पब्लिक स्कुल छैटौं रेडिअन्ट कप बास्केटबल प्रतियोगितामा सिनियर ब्वाईज तर्फ जित निकाल्न सफल भएको छ । रेडिअन्टले ओसिस स्कुललाई सुलभ राज कार्कीको ९ अंक मद्धतमा ३२ । २७ अंकले पराजित गर्दै जित दर्ता गरेको हो ।

लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको दोश्रो खेलमा निम्सले एपेक्स लाईफलाई ५८ । २५ अंकले पराजित गर्यो । निम्सका सुमन बोगटीले १९ अंक जोडे । यसैगरि सौरभको ९ अंकको योगदानमा ग्रिनफिल्डले ज्योती एकेडेमीमाथी २० । १६ अंकले हावी भयो । अर्को खेलमा राईजिङ्ग स्टारले माउण्ट ग्लोरीलाई ८ । ४ अंकले पन्छायो ।

गल्र्स सिनियर तर्फ एलआरआई, न्यू भिजन र ज्योती एकेडेमीले जित आत्मसात गरे । एलआरआईले आयोजक रेडिअन्टलाई २३ । १० ले हरायो । उसका लागि सोनिभा रानाले १२ अंक जोडिन् । यस्तै न्यू भिजनले हर्टल्याण्डलाई १८ । ६ ले पन्छायो । न्यू भिजनकी मनिषाले ४ अंक जोडिन् । अर्को खेलमा ज्योती एकेडेमीले रेनुको ६ अंक मद्धतमा नेक्ससलाई १९ । ६ ले पाखा लगायो ।

स्युचाटारस्थित रेडिअन्टको कोर्टमा भएको प्रतियोगिताको ब्वाईज जुनियर तर्फ महेशको ६ अंक मद्धतमा ग्रिनफिल्डले हर्टल्याण्डमाथी १६ । १५ को झिनो अन्तरले जित निकाल्यो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद खेलकुद बिकास विभाग प्रमुख कुल बहादुर थापाले रेफ्रीलाई बास्केटबल हस्तान्तरण गरि उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।