काठमाडौँ २२भदाै०७५/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई वाइड बडी विमान खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेको छ । प्रतिनिधीसभाको बिहीबारको बैठकमा बोल्दै काग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुई वाइड बडी विमानमाथि अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न माग गरेका हुन् ।
उनले महालेखा परिक्षकको ५५ औ प्रतिवेदनमा पनि वाइड बडी विमान खरिदमा अनियमितता भएको बिबरण उल्लेख हुँदा पनि सरोकारवाला पक्ष मौन रहेको बताए । बडुले निगमले प्रक्रिया मिचेर बिमान खरिद गरेको र ठूलो भ्रष्टाचार भएको भन्दै छानविन अपरिहार्य रहेको तर्क पनि गरे ।
बिमान सिधै कम्पनीबाट खरिद नगरि बिचौलियाबाट खरिद गर्दा २ अर्व ४० करोड राज्यलाई नोक्सान भएको दावि समेत उनले गरे । बैठकमा सांसद प्रेम सुवालले विकास निर्माणका विभिन्न क्षेत्रमा भएको अनियमिततामाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।