0 COMMENTS

काठमाण्डाै २१भदाै०७५/  प्याब्सन मध्यक्षेत्रीय समिति काठमाण्डौको आयोजनमा प्याब्सन मध्यक्षेत्रीय नवौं अन्तरबिद्यालय छात्र तथा छात्रा बास्केटबल कप २०७५ यहि भाद्र २३ गते देखि ३० गते सम्म काठमाण्डौमा हुने भएको छ ।

एशियन पब्लिक स्कुल, अनामनगर र शहिद स्मारक माद्यायामिक स्कुलको प्राङ्गणमा हुने प्रतियोगितामा २४ बिद्यालयका छात्र तर्फ २४ र छात्रा तर्फ १६ गरि कुल ४० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । मध्यक्षेत्रीय समिति अन्तरगतका बिद्यालयको मात्र सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने बिज्ञप्तीमा जनाईएको छ ।

अनुमानित २ लाख ५० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको समापनका दिन प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाण्डौ अन्तरगतका बिद्यालयबाट २०७४ सालको माध्यामिक शिक्षा परिक्षा (एसईई) मा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्न सफल बिद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।