0 COMMENTS

काठमाण्डाै२०भदाै०७५/  आयोजक ज्ञानोदय बाल बाटिका स्कुल रजत जयन्ती ज्ञान कार्निभल २०१८ मा ब्वाईज बास्केटबलमा बिजयी सुरुवात गर्न सफल भएको छ ।

ज्ञानोदयले श्रीदिवा स्कुललाई ३७ – २५ अंकले पराजित गर्दै बिजयी सुरुवात गरेको हो । ब्वाईज तर्फकै अर्को प्रतिस्पर्धामा एलआरआईले पुष्प सदनमाथी जित निकाल्यो । एलआरआईले पुष्पसदनलाई ३८ – ३७ को झिनो अन्तरले पराजित गरेको हो ।

लिग कम नकआउटको आधारमा खेलाईएको प्रतियोगिताको गल्र्स तर्फको खेलमा श्रीदिवाले आयोजक ज्ञानोदयमाथी २४ – २ को ठुलो अन्तरले पराजित ग¥यो । यस्तै अर्को खेलमा ज्ञानोदयले सुदेशामाथी २६ – १४ अंकको जित निकाल्यो ।

ज्ञान कार्निभलको २५औं (रजत जयन्ती) बर्ष पुगेको अवसरमा आयोजना गरिएको बास्केटबल प्रतियोगिताको गल्र्स तर्फकै अर्को खेलमा मल्पी स्कुलले एलआरआईलाई २६ – १३ अंकले पराजित ग¥यो ।

बास्केटबल प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ १० टिमको सहभागीता रहेको छ ।ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बुधबार एक कार्यक्रमबिच कार्निभलको उद्घाटन गरे ।

सोही अवसरमा कार्निभललाई यस अवस्था सम्म ल्याई पु¥याउन सहयोग गर्नु हुने बिद्यार्थी खेलाडी, प्रशिक्षक तथा अन्य महानुभावहरुलाई स्कुलको तर्फबाट सम्मान गरिएको थियो ।

सन् १९९४ देखि लगातार आयोजना हुँदै आएको बिद्यालयस्तर कै सवै भन्दा पुरानो ज्ञान कार्निभल प्रतियोगिताले राष्ट्रिय स्तरका थु्रप्रै खेलाडी उत्पादन गरि सकेको छ । बिद्यालय स्तर देखि नै खेलकुद भन्ने मुल नारा रहेको नेपाली खेलकुद बिकासमा यस कार्निभलले निकैनै टेवा पु¥याउँदै आएको छ ।

बास्केटबल तर्फ साविक बिजेता छात्र तर्फ ईनोभेटिम स्कुल, शंखमुल तथा छात्रा तर्फ रिलायन्स स्कुल, बानेश्वर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।