0 COMMENTS

काठमाडौं२०, भदौ ०७५/ ६ हजार किलोवाट विद्युत् उत्पादन क्षमताको कालिका पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ ।यो कम्पनीले एक सय रुपैयाँ अंकित शेयरमा २४ हजार कित्ता कर्मचारीका लागि र ६० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले जानकारी दिएको छ ।

यो कम्पनीले निष्कासन गरेको आईपीओको यही भदौ २८ गतेदेखि छिटोमा असोज १ र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । यो कम्पनीले न्युनतम ५० कित्ता देखि अधिकतम ६ हजार कित्ता सम्म शेयर आवेदन दिन पाउने जानकारी दिएको छ ।

यो संस्थाको आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षण प्रतिवेदन अनुसार आयोजनाको लागत प्रतिमेगावाट २३ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ । यो आयोजनाको कुल लागत १ अर्ब ३८ करोड रुपैयाँ रहेको छल । २०६९ साल जेठ १६ गते अनुमतिपत्र पाएको यो कम्पनीको आगामी २९ वर्षसम्मको लागि अनुमतिपत्र बहाल रहने छ ।

यस आयोजनामा साधारण लगानी फिर्ता हुने समय करिब १० वर्ष पछि रहेको छ । डिस्काउन्टमा लगानीफिर्ता हुने अवबधि नभने अझै करिब १५ वर्ष रहेको पनि उल्लेख छ । यो हाइड्रोपावरले गत आव २०७४/७५ मा ६२ लाख रुपैयाँ घाटा व्यवहोरेको थियो । यो आयोजना चालु आवमा पनि १ करोड ७२ लाख नाफामा जाने लक्ष्य अगाडि सारिएको छ ।

यो आयोजनाको प्रति शेयर आम्दानी अहिले ०.५० पैसा रहेकोमा चालू आवमाभित्रै ७.९२ रुपैयाँ पुराउने लक्ष्य छ । यसको शेयर आवेदन गर्न काठमाडौं क्यापिटल मार्केट र ग्लोवल आइएमई क्यापिटल लिमिटेडबाट वा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आश्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने उल्लेख छ ।

यसको यसको निष्कासन तथा विक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट हो भने सह निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।