0 COMMENTS

काठमाडौं, १९ भदौ०७५ / उपाधि जित्ने लक्ष्य सहित साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको नेपाली टोली पहिलो खेलमै पराजित भएको छ । नेपाली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानसँग २–१ गोलले पराजित हुनुपरेको हाे ।

निर्धारित समय भरि नेपालले आज एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको थियो । नेपालले अब पर्सी भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

बंगलादेशको बंगबन्धु स्टेडियममा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो । ३५औं मिनेटमा नेपालका विराज मजर्हनले डी बक्स भित्र फल गरे पछि पाकिस्तानले पाएको पेनाल्टी गोलमा परिणत गरेको हो ।

पाकिस्तानका मोहम्द रियाजले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गोल गर्न ८२औं मिनेट कुर्नु परेको थियो ।

८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तिमगरले नेपालका लागि बराबरी गोल गरेका थिए । निराजन नबयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान आएका हुन् ।

तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजीत हुन पुग्यो । पाकिस्तानका लागि मोहम्द अलिले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।