0 COMMENTS

काठमाण्डाै१९भदाै०७५/टोखा नगरपालिकाको केव बाट शुरुवात गरिएको बूढानिलकण्ठ टोखा नगरपालिका पद यात्रा २०७५को दोश्रो संस्करण टोखा नगरपालिकाको सपनातिर्थ, बज्रयोगिनी , चण्डेस्वोरि, भसनथलि,टुसाल्, इस्कोन ,बसहा महादेव हुँदै खप्तड समाधी स्थलमा आई सम्पन्न भएको थियो । बूढानिलकण्ठ र टोखा नगरपालिकाको पर्यटन प्रबर्धनका लागी आयोजना गरिएको उक्त पद यात्राको दोश्रो संस्करणमा बूढानिलकण्ठ र टोखा नगरपालिकाको बिभिन्न बिद्यालय हरुको प्र .अ, शिक्षकहरु तथा जन प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

टोखा नगरपालिका केवमा एउटा औपचारिक कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको मेयर तथा उप मेयर हरुले उपस्थिती जनाउनु भर्इ पद यात्रीहरुलाई पद यात्राको लागी शुभकामना व्यक्त गर्नु भएको थियो । पद यात्रीहरुलाई स्वागत गर्दै बूढानिलकण्ठ नगरपालिका वडा -५ को अध्यक्ष बिजय तामाङले वडा -५ मा रहेको धार्मिक स्थल तथा पर्यटनका सम्भावनाहरु बारे जानकारी गराउनु भएको थियो ।

साथै चिसिनी युथ क्लबका पदाधिकारीहरुलाई माननिय प्रदेश सभासद दीपक निरौलाले खेलकूद सामाग्रीहरु प्रदान गर्नु भएको थियो । उत्साहजनक उक्त पद यात्रामा  बूढानिलकण्ठ नगरपालिका वडा-१ का अध्यक्ष सुरेन्द्र लामाले खादा ओढाई पद यात्री यात्रीहरुलाई स्वागत गर्नु भएकाे थीयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।