0 COMMENTS

मिलन चाम्लिङ,धरान१९भदाै०७५/ नेपाली काङ्ग्रेस नगर समिति धरानको संयोजकत्वमा संघीय लोकतान्त्रिक मंच, राष्ट्रिय लोकतान्त्रिक मंच, नेशनल मंगोल अर्गनाइजेसन, जनसरोकार मंच, राप्रपा नेपाल,नेकपा क्रान्तिकारी लगायतको सर्वदलीय संघर्ष समितिले अवैज्ञानिक ढंगले धरान उपमहानगरपालिका ले वृद्धि गरेको कर खारेजीकाे माग गर्दै आज बिहान नगरमा अनिश्चितकालिन तालाबन्दी लगाउने चेतावनी दिए पछी धरान उप महानगरपालिकाद्वारा वार्ताका लागी आव्हान गरेको छ ।

वार्तामा आन्दोलनरत पक्षबाट पाँच जना आधिकारिक वार्ता टोलि पठाउन अनुरोध गरेको छ । वार्ता आज दिउँसो दुई बजे बसेर दुबै पक्षलाई मान्य हुने ठोस निर्णय निकाल्ने धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबू काफ्लेले बताए ।संयुक्त संघर्ष समितिले उपमहानगरपालिकाका प्रवेशद्दारमा धर्ना र नाराबाजी लगाउने क्रममा केही समय स्थिति तनावग्रस्त भए पनि तत्काल नेपाल प्रहरीको टोलिले कुनै घटना भने हुन दिएन ।

नेपाली काङ्ग्रेसले भदौ २ देखि अबैज्ञानिक कर खारेज माग गर्दै चरणबद्द रुपमा आन्दोलन गर्दै आएको थिए । आन्दोलनबाट कुनै ठोस निर्णय नआएपछि तालाबन्दी गर्ने प्रयास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।