बासुदेव सेढाइ,लमजुङ१८भदाै०७५/ लमजुङको बेसीशहर नगरपालिका – ७ बाल मन्दिर प्रा. वि. मा रचनात्मक ,फरक शैलीमा र सन्देश मुलक तरिकाले सामुहिक दर कार्यक्रमकाे अायाेजना सम्पन्न भएको छ । नेपाली महिलाहरुकाे माहान पर्व हरितालीका ( तीज ) काे पुर्बसन्ध्यामा र श्री कृष्ण जन्माष्टमीकाे अघिल्लो दिनमा कार्कीडाँडा सेवा समाज बेसीशहरले अाफ्ना चेलीबेटीहरु लाई एकै ठाउँमा भेला गराएर दर खुवाएकाे हाे ।
तीजमा प्रतेक चेलिबेटीले अाफ्नाे माईतीकाे सम्झना गरेका हुन्छन् माईत जाने, मिठाे मसिनो खाने , अाफ्नाे जन्मभुमिमा संगै खेलेका सुखदुःखका साथीहरू संग भेटघाट गर्ने र नाचगान गरेर रमाइलो गर्दै दुख पीडा भुल्ने अनि दुख सुख साँटासाँट गर्ने एउटा महत्त्वपूर्ण अवसरकाे चाड हाे तीज । अाफ्नाे माईतीहरु बसाइँसराइकाे कारण टाढा भएर जान असमर्थ चेली ,माईती नै नभएका र अन्य कुनै कारणले तीजमा माईत जान असमर्थ चेलीबेटीहरु दर कार्यक्रममा अत्यन्तै हर्षीत देखिन्थे किनकि सबै चेलीबेटीकाे अाफ्नाे माईतीकाे जिम्मेवारी कार्कीडाँडा सेवा समाज बेसीशहरले लिएको थियोे । उमेरले ८० बर्षकाे हाराहारीमा पुग्नुभएका सान्नानि कुताल थापा , कृष्णि कुताल धिताल ,जिरा सिलुवाल अधिकारी र सान्नानी जाेशि घिमिरेले माइतीकाे निमन्त्रणामा सामुहिक दर कार्यक्रममा उपस्थित हुन पाउँदा अाफुहरु अत्यन्तै खुसि भएको बताउनुभयो साथै माइती र चेलिकाे भेटघाट गराएर सुख दुख साटासाट गर्ने अवसर प्रधान गरेकोमा सेवा समाजका दाजुभाइहरु लाई अाशिर्बाद समेत दिनुभएको थियो ।
बेसीशहर बजारमा भएपनि सामान्य पहिरन ,गाउँघरकै खानपिनकाे तरिका ,गाउँघरमा जस्तै जम्मा भएका चेलिबेटी खाईपीई गरेर नाचगानमा मस्त देखिन्थे भने दाजुभाइहरु चेलीबेटीहरुकै खानपान र नाचगानकाे व्यवस्था मिलाउन व्यस्त देखिन्थे । तीज विकृति विसंगति मुक्त हुनुपर्छ ,तीज भड्किलो हुनुहुँदैन तीजमा कुनै चेलीबेटीकाे चित्त नदुखाेस् र तीजमा घरगाउँकै सम्झना अाअाेस् भन्ने साेचाईले बजारमा पनि गाउँकाे झल्को दिने गरि नयाँ तरिकाले सामुहिक दर कार्यक्रमकाे अायाेजना गरिएको कार्कीडाँडा सेवा समाज बेसीशहरका अध्यक्ष शिव सिलुवाल बताउनुहुन्छ ।
पहिलोपटक अायाेजना गरिएको यस किसिमको कार्यक्रमले चेलीबेटी सबैलाई खुसि बनाएको माइती भएको अनुभुती दिएकोले समाजले याे कार्यक्रम लाई अागामी बर्ष पनि निरन्तरता दिने बताउनुहुन्छ अध्यक्ष । जुनसुकै कार्यक्रम अायाेजना गर्दा त्यसले समाजलाई नयाँपन र सकारात्मक सन्देश दिनसक्नु पर्छ त्यसको अनुसरण अरुले पनि गरून् सब्य समाजकाे लागि उदाहरण भयकाे उहाँको तर्क थियोे । कार्कीडाँडा बाट बेसीशहरमा अाएर स्थाई वा अस्थायी रुपमा बसाेवास गर्ने घरपरिवारले अार्थिक संकलन गरि चेलिबेटीहरु लाई सामुहिक रुपमा दर खुवाउने कार्यक्रम भयाे दर कार्यक्रममा करिब १४० जनाकाे सहभागीता थियोे । उपस्थित सम्पूर्ण चेलीबेटी हरुले अत्यन्तै खुसि प्रकट गरेका थिए ।