0 COMMENTS

मिलन चाम्लिङ,धरान१८भदाै०७५/  महिला संजाल धरान उपमहानगर समितिको आयोजनामा धरान १० सैनिक भवनमा तिजको अवसर पारेर १७ गते आइतबार देखि १९ गते सम्म ३ दिने आर्थिक समृद्धिको लागि महिला उद्यमी मेला २०७५ सुरु भएको छ ।मेलामा महिला उद्यमीहरुले घरमा नै उत्पादन गरेको ढाकाका कपडा, जुत्ता, अचार, चाउचाउ बिस्कुटको प्लास्टिकबाट निर्मित ढाली पिर्का लगायतका विभिन्न २० वटा स्टल प्रदर्शनीमा राखेको छन।

प्रदेश नं १ सभामुख प्रदीप भण्डारीले दिप प्रज्वलन गरेर मेलाको उद्यघाटन गरेको थिए उद्यघाटनमा बोल्दै सभामुख भण्डारीले महिलाहरुको लागि संवैधानिक कानुनमा कहिकतै कमि भएको यस्लालाई परेको खण्डमा संशोधन गर्दै लाने महिला उद्यमीहरुले घरमा नै उत्पादन गरेको सामाग्री मेलामा राखेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्तै सामाग्रीहरु उत्पादन गरेर निर्भर रहेर अगिबड्न सुझाव दिएको छ । हामिलाई दैनिक जिवनमा आवश्यक पर्ने सामाग्रीहरु बाहिरी देशबाट आयात गर्नु भन्दा पनि महिला उद्यमीहरूले उत्पादन गरेको सामाग्री खरिद गरेर प्रोत्साहन दिन अनुरोध गरेको छन । महिलाहरु आर्थिक परनिर्भरता भएको र आफै दक्ष नभएको कारण महिला हिंसा पर्दै आएको महिलालाई आफै आत्मनिर्भरता बनाउनको लागि उद्यमी मेला आयोजना गरेको महिला संजालका अध्यक्ष सबिता राइले बताए ।

मेला १९ गतेसम्म लाग्नेछ भने तिज विशेष अन्य कार्यक्रम पनि हुनेछ। उद्यघाटनमा प्रदेश नं १ सांसद उमिता बराइली, संजालका पुर्ब अध्यक्ष मिना पालिखे, निवर्तमान अध्यक्ष शिला बज्राचार्य लगायतले मन्तव्य राखेको थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।