0 COMMENTS

काठमाण्डाै१७भदाै०७५/ आयोजक गिनफिल्ड स्कुल सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल प्रतियोगितामा जुनियर ब्वाईज तर्फ उपाधी उचाल्न सफल भएको छ । ग्रिनफिल्डले महामञ्जुश्री स्कुललाई ५२ । २५ अंकले पराजित गर्दै उपाधी उचालको हो । ग्रिनफिल्डका अल्बर्ट भण्डारीले १४ अंकको योगदान दिए ।

यस्तै सिनियर ब्वाईज तर्फ विल्सनले पेम्बा शेर्पाको २६ अंक मद्धतले पिपल्स स्कुलमाथी ५९ । ४६ अंको जित निकाल्दै उपाधी कब्जा गर्यो ।गल्र्स तर्फ ग्रिन्ल्याण्डले स्वप्न बाटिकालाई २५ । २१ ले पराजित गर्दै ट्रफी उचाल्यो । ग्रिन्ल्याण्डकी अर्षिका खड्काले १० अंक जोडिन् ।

स्कुलका कर्मचारीहरुबिच भएको प्रतियोगितामा एक्सेल्सियरले बाजी मा¥यो । एक्सेल्सियरले महामञ्जुश्रीलाई २१ । २० अंकको झिनो अन्तरले पाखा लगाउंदै जित आत्मसात गर्यो ।

प्रतियोगितामा जुनियर ब्वाईज तर्फ गोबिन्द शाही, सिनियर ब्वाईजमा बिनोद स्यान्दा, गल्र्स तर्फ अर्षिका खड्का र कर्मचारी तर्फ राम बस्नेत उत्कृष्ट खेलाडी घोषित भए ।बिजयी टिम तथा खेलाडीहरुले ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।